प्रदेश–३ का मुख्यमन्त्री पौडेललाई अभद्र व्यावहार गर्ने पाण्डे पक्राउ
हेटौंडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोन मार्फत अभद्र व्यावहार गर्ने एक जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवनगरी टेटिफोन गरेर अभद्र व्यावहार गरेको भन्दै महानगरिय प्रहरी अपराध महाँसाखा काठमाण्डौको टोलीले नुवाकोट तावि गाउँपालिका वडा नम्बर ३ वस्ने पुस्पराज पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई हिजो दिउसो पक्राउ गरिएको र आज अनुसंधान गरिने महासाखाका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो । मुख्यमन्त्री पौडेललाई टेलिफोन मार्फत तथानाम भनेर अपसव्द प्रयोग गरेका थिए ।







