मकवानपुरको वकैयामा नियम विपरित खोला दोहन गर्ने एक्साभेटर वनको नियन्त्रणमा

जनपत्र
१३ पुष २०७६, आईतवार ०८:५३

हेटौंडा । मकवानपुरको वकैयाँ गाउँपालिका वडा नम्बर ७ कालिवन सामुदायिक वन क्षेत्रमा जथाभावि खोला दोहन गर्ने एउटा एक्साभेटर जिल्ला वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । एक हप्तादेखि खोला दोहन गरेर खहरे खोला उत्खनन् गर्दै आएको एक्साभेटर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो ।

तराई–काठमाण्डौ दु्रत मार्ग निर्माणको क्रममा वातावरणिय प्रभाव मुल्याङकन (आईई) नगरिकन एक्साभेटरले खोला खनेपछी जिल्ला वन कार्यालय मकवानपुरले एक्साभेटर नियन्त्रणमा लिएको हो । जथाभावि रुपमा खोला दोहन गर्ने एक्साभेटर आज जिल्ला वन कार्यालय मकवानपुरमा ल्याउन लागिएको पौडेलले वताउनुभयो ।

दु्रतमार्ग निर्माण गर्ने ठाउँमा वैधानिक तरिकाले ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरेर ल्जानुपर्ने हुन्छ । तर, नेपाली सेनाले निर्माण कम्पनि मार्फत खोलाबाट त्यसै उत्खनन् गरेर सामाग्री लैजान लागिएकोले नियन्त्रणमा लिइएको उहाँले वताउनुभयो ।

नियन्त्रणमा लिइएको एक्साभेटर छुटाउनका लागि नेपाली सेनाले पटक पटक दवाव दिएको र सेनाको टोली समेत पठाएको जिल्ला वन प्रमुख पौडेलले वताउनुभयो । नियन्त्रणमा लिइएको एक्साभेटरका विरुद्धमा वन कार्यालयले मुद्धा चलाउने तयारी गरेको छ ।

मकवानपुरका चुरे र वन क्षेत्रमा उत्खनन् गर्ने ट्याक्टरहरु समेत वन कार्यालयले नियन्त्रण लिदै आएको छ । हेटौंडाको कमाने, चुरीयामाइ लगायतका क्षेत्रमा ट्याक्टरले उत्खख् गर्ने गरेको पाएमा नियन्त्रणमा लिदै आएको वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा आईई नगरिकन उत्खनन् गरेमा नियन्त्रण गर्ने नियम सवैतिर भएपनि कार्यान्यन त्यती हुन सकेको छैन । तर, जिल्ला वन कार्यालय मकवानपुरले भने नियन्त्रणमा लिएको हो ।

कत्लेखोलामा अवैधरुपमा एक्साभेटरले खोला दोहन गरिरहेको सूचनाको आधारमा पुगेको जिल्लावनको टोली र बाराको बागदेव गुल्मका नेपाली सेनाबीच भनाभन र झडपको स्थित सिर्जना भएको जिल्ला वन कार्यालयल मकवानपुरले जनाएको छ । वनको टोली र हात्तिसुढे प्रहरी पुग्ना साथ नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरहरु भागेका थिए ।

जिल्ला वनको टोलीले एक्साभेटर नियन्त्रणमा लिएको छ । शनिवार बेलुका वनले नियन्त्रणमा लिएको एक्साभेटर हेटौंडातर्फ ल्याउने क्रममा बाराको बागदेव गुल्मका मेजर पूर्णचन्द्र ढकालले अवरोध गरेको वन प्रमुख पौडेलले आरोप लगाउनुभयो ।

मेजरले सिभिलका नेपाली सेना पठाएर एक्साभेटर ल्याउने क्रममा अवरोध खडा गरेको वताउनुभयो । करिब आधा घण्टा वनको टोली र सेनाबीच भनाभन भएको थियो । पौडेललाई मेजर ढकालले फोन गरेर एक्साभेटर छोड्न दवाव दिएका थिए ।

हतियारसहित गएको वनको टोलीले कुनै हालतमा एक्साभेटर नछाड्ने अडान लिएपछि सेनाको टोली लाखापाखा लागेका थिए । ‘एक्साभेटर ल्याउने क्रममा बागदेव गुल्मका नेपाली सेना आएर अवरोध गरे । मेजर ढकालले दवाव दिए म सँग सबै प्रमाण छ ।
पौडेलले एक्साभेटरको कुनै कागजात नभएको र सवारीसाधनमा नम्बर पनि उल्लेख नगरिएको बताउनुभयो ।

नियन्त्रणमा लिइएको एक्साभेटरलाई वन यो ऐनको दफा ४९ को खण्ड (ग) बमोजिमको कसुर भएको छ । दण्ड जरिवाना यसै ऐनको दफा ५० को उपदफा (३) बमोजिम ५ वर्ष सम्म कैद वा १ लाख रूपैयाँ सम्म जरिवाना वा दुवै हुने कानूनी व्यवस्था रहेको छ । जिल्ला वन कार्यालय मकवानपुरले वन क्षेत्र र चुरेक्षेत्रमा खोलावाट ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गर्ने २६ वटा ट्याक्टर नियन्त्रणमा लिइसकेको छ । उनीहरुलाई पहिलो पटक पाँच हजार र दोस्रो पटक पक्राउ परेमा दश हजार रुपैयाँका दरले जरिवाना लिएको जिल्ला वन कार्यालय मकवापनुरका सहायक वन अभिकृत अचुत लामिछानेले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*