हेटौंडाको विकट क्षेत्रका नागरिकका समस्या बुझ्न गाउँमै पुगे मेयर

उपमहानगरपालिका भएपनि मोवाइल पनि टिप्दैन । अहिले भने स्थानीय सरकारले सडक, पानी, विजुली र पढ्ने विद्यालयको दिगो समाधान गर्न लागिपरेको छ ।
जनपत्र
१२ पुष २०७६, शनिबार १६:००

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र परेको विकट क्षेत्रका नागरिकका धेरै खालका समस्या रहेका छन् । विकट क्षेत्रका नागरिकका समस्या बुझ्नका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत आज हेटौंडा १६ को आकाशधारा पानी सारा क्षेत्रमा पुग्नु भएको छ । वडा अध्यक्ष रामकृष्ण कोइराला सहित पुग्नु भएका मेयर महतसमक्ष त्यस क्षेत्रका वासिन्दाहरुले आफ्ना समस्या राख्न पाएका छन् ।

मकवानपुरको विकट गाउँपालिका भन्दा कम छैन आकासधारा पानीसारा क्षेत्र । यस क्षेत्रमा उपमहानगरपालिकाका मेयर महत र वडाअध्यक्ष कोइरालाको पहलमा वल्ल सडक निर्माण भएको छ । विजुली र पानीको व्यावस्था अझै पनि हुन सकेको छैन । स्थानीय वासिन्दाहरुले सडक, पानी र विजुली जस्ता आधारभूत आवस्यक्ता पुरा गर्नका लागि मेयर संग आग्रह गरेका छन् ।

हेटौंडा वजारबाट ३० किलोमिटर दुरी पारगरेपछी आकासधारा पानीसारा पुगिन्छ । बाराको निजगढ नगरपालिका वडा नम्बर १३ संग सिमाना जोडिएको यस क्षेत्रका नागरिकलाई परेका धेरै खालका समस्या समाधान गर्न आफु तयार रहेको मेयर महतले वताउनुभयो ।
उपमहानगरपालिकानै भएपनि सामान्य आधारभूत सेवा सुविधा समेत नभएको यस क्षेत्रमा कुनैपनि खालका मोवाईल सम्पर्क हुँदैन ।

हिउँदमा चल्ने वल्ल तल्ल उपमहानगरपालिकाले सडक निर्माण गरेको छ । विजुली वक्ति वाल्न पाएका छैनन् । विद्यालयमा शिक्षक दरवन्दी खाली छ । तर, उपमहानगरपालिका भएपछी यसक्षेत्रका वासिन्दाका समस्या बुझ्न र समाधान गर्न मेयर महत र वडाअध्यक्ष पटक पटक पुग्नु भएको छ ।

यसैवर्षको दश लाख रुपैयाँ लागतमा १० किलोमिटर सडक निर्माण भएको वताउँदै हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला भन्नुहुन्छ–‘दश लाख रुपैयाँ वजेट प्राप्त गरेसंगै सडक धेरै निर्माण गरियो । तर, वजेट अहिले अपुग भएको छ । वर्षायाममा पनि सडकमा सवारीका साधन चल्न सक्नेगरी काम गर्ने तयारी छ ।’ आफ्नो गाउँमै आएर मेयरले समस्या बुझ्ने गरेकोमा आकाशधारा पानीसाराका लालबहादुर गोलेले खुसी व्यक्त गर्नुभयो ।

आकासधारा पानीसारामा जनप्रतिनिधि हुँदाको विकास

हेटौंडा उपमहानगरपालिका भएपनि मकवानपुरको विकट राक्सीराङ र कैलाश गाउँपालिका भन्दा कुनै फरक छैन आकासधारा पानीसारा गाउँ । पहिले यस क्षेत्रमा सडक नभएर हेटौंडाको हटिया चिसापानीबाट हिडेर जानुपर्ने बाध्यता थियो । तर, अहिले सडक निर्माण भएर साना तथा ठुला सवारीका साधान हिउँद याममा भएपनि ओहोर दाहोर गर्ने भएका छन् ।

गाउँमा विजुली पुरयाउनका लागि गाउँठाउँमा फलामका पोल खसालिएको छ । विजुली पुगे लगतै पानी खुवाउने तयारी पनि छ । यस क्षेत्र विकट भएकाले आफुहरुले प्राथमिकता दिएर काम गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । यस क्षेत्रको विकासमा आफु अध्यक्ष भएर आएपछी वढी प्राथमिकता दिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले वताउनुभयो ।

दुई विद्यालयमा कक्षा कोठा निर्माण गर्न उपमहानगरपालिकाले सहयोग गर्ने

हेटौंडा १६ को आकासधारा पानी सारा प्राथमिक विद्यालय र शक्तिखोलाको विपी प्राथमिक बिद्यालय निर्माण गर्नमा लागि मेयर हरिबहादुर महतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुवै विद्यालयमा दुई कोठाका दरले निर्माण गरिदिने उहाँले वताउनुभयो । यसैवर्ष निर्माण गर्नेगरी वजेट समेत दिने उहाँको भनाई छ ।

विद्यालयमा शिक्षक राख्न थप सुविधा समेत दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयमा कम्प्युटर शिक्षा सुरु गर्नकालागि तत्काल कम्प्युटर पनि हस्तान्तरण गर्न सकिने उहाँले वताउनुभयो । अग्रेजी माध्यमबाट अध्यापन गराउनका लागि शिक्षकहरुलाई निदेशन समेत दिनुभयो ।

विद्यार्थी धेरै, शिक्षक थोरै भएको यस गाउँमा तत्काल दुईजना शिक्षक पठाइएको वताउँदै उहाँले अव पनि यस क्षेत्रमा प्राथमिकताका साथ पठाइने वताउनुभयो । कक्षा कोठा निर्माण भएपछी वषौदेखिको पुरानो कोठाको भवनमा राखेर विद्यार्थी पढाउनुपर्ने समस्या हट्ने विद्यालयका शिक्षक सिताराम तामाङ वताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*