प्रदेश ३ मा पर्यटक भित्रयाएर टिकाउनुपर्छ–मन्त्री नेपाल

जनपत्र
११ पुष २०७६, शुक्रबार १८:१५

हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले पर्यटक भित्रयाए संगै उनीहरुलाई टिकाउनेगरी काम गरिनुपर्ने वताउनुभएको छ । होटल एसोसिएशन मकवानपुरको आयोजनामा पर्यटन वर्ष २०२० का अवसरमा आज हेटौंडाको हुप्राचौरमा आयोजित नवौ खाना महोत्सवको उद्घाटन् गर्दै मन्त्री नेपालले यस्तोकुरा वताउनुभएको हो ।

उहाँले अवको एक दशक पर्यटक पूर्वाधार निर्माणको दशकका रुपमा प्रदेश सरकारले काम गर्न लागेको जानकारी दिनुभयो । भ्रमण वर्षलाई सफल वनाउनका लागि आग्रह गर्दै मन्त्री नेपालले भन्नुभयो–‘मकवानपुरको इन्द्रसरोवर धेरै ठुलो पर्यटकिय गन्तव्य वन्न सक्छ । भिजिट वर्षलाई सवैले सफल पार्नुपर्छ । त्यसैगरी हेटौंडामा टाओर निर्माण गर्नका लागि सहयोग गछौं ।’

प्रदेश सरकारको वजेटको ठुलो हिस्सा पर्यटकिय क्षेत्रको विकासका लागि लागिपरेको मन्त्री नेपालले वताउनुभयो । कार्यक्रममा संविधान सभाका सदस्य अनन्त पौडेल, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णु ओझा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाल उद्योग वाणिज्यमहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम होटल एशोशिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।

यसैगरी मकवानपुर पर्यटकिय पथ तथा प्रदर्शन पुस्तिीकाको आजै मन्त्री नेपालले विमोचन गर्नुभएको छ । हेटौंडाका लेखक केदार प्रसाद न्यौपानेले लेख्नुभएको पुस्तकको महोत्सवका अवसरमा विमोचन गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*