मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु
हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा आज दिउसो सुमो दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।
हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत काठमाण्डौँबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नंबर सुमो इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ ओखलडाँडा सडकबाट तल खस्दा तीनजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घटनाको थप विवरणको लागि प्रहरी घटनास्थातर्फ गैरहेको प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएकाहरुको सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।







