पर्यटन प्रवर्दनमा डेढ अर्व खर्च गर्दै प्रदेश ३ सरकार

नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने तयारी
जनपत्र
११ पुष २०७६, शुक्रबार १३:२०

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले पर्यटन प्रवर्दन तर्फ चालु आर्थिक वर्षका लागि एक अर्व ६५ करोड रुपैयाँ वरावरको काम गर्न लागेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन आयोजना मार्फत काम गर्न लागिएको हो ।

बिषेशगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महत्वपूर्ण कार्यक्रम गर्न लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । पर्यटकीय क्षेत्रको प्रचार प्रसारका काम संगै चालु आर्थिक वर्षमा ३ वटा हिल स्टेशन निर्माण गर्ने र अरु चार वटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको मन्त्रीका निजी सचिव नवराज पुणासैनीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्ने, १० वटा पर्यटकिय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिएको छ । पर्यटन प्रवर्दनको काम तल्लो स्तर सम्म पनि गर्दै लग्ने तयारी गरिएको मन्त्री नेपालले वताउनुभयो । मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षका अवसरमा गरिने एक दर्जन कार्यक्रमको तालिका पनि आज सार्वजनिक गरेको छ । अग्रेजी नयाँ वर्ष सुरु भएकै दिनमा काठमाण्डौको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गरिने मन्त्री नेपालले वताउनुभयो ।

कुनैपनि देशबाट भित्रीएका पर्यटक प्रदेश नम्बर ३ का महत्वपूर्ण स्थानमा घुम्ने त्यसपछी मात्र अन्य प्रदेशमा जान सकिने उहाँले वताउनुभयो । आगामी एक दशक पर्यटन पूर्वाधार निर्माणका लागि लागिएको प्रदेश सरकारले जनाएको छ । कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम कुमार वस्नेत, मन्त्रालयका सचिव शिव वाग्ले लगायतकाको सहभागिता रहेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा मन्त्रालयले गर्न लागिएका कार्यक्रमहरु यस प्रकार रहेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निशुल्क बसोबास गराउने घोषणा गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निः शुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले वताउनुभयो । काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहाबाट प्रदेश सरकारले पर्यटन बर्षको लागि प्रदेश स्तरीय कार्यक्रम घोषणा गर्दैछ ।

प्रदेश सरकारले पर्यटन बर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ ।

पहिलो दिन रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम छ ।

त्यस्तै सौराहामा विभिन्न जातीय पहिचान झल्कने सास्कृतीक कार्यक्रम, १६ गतेबाट ४ दिन सौराह हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, काभ्रेमा स्तम्भ निर्माणको शिलान्याससहितको कार्यक्रम सार्वजानिक गरको छ । पर्यटन बर्षको पहिलो दिन इन्द्रसरोवरमा आउने ३ जना पर्यटकलाई एक रात बसोबासको व्यवस्था गर्ने पनि मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्षलाई मकवानपुरले भब्य स्वागत गर्छ –रघुनाथ खुलाल

पर्यटन वर्ष २०२० नजिकै गर्दा जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला भित्र रहेको पर्यटकीय गन्तब्य र पर्यटन वर्षको तयारीको सन्र्दभमा पत्रकारहरुलाई जानकारी दिएको छ ।
जिससमा आज भएको पत्रकार सम्मेलनमा समितिका प्रमुख रघुनाथ खुलाले पर्यटकीय गन्तब्यको विषय र पर्यटन वर्षको कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

समितिका प्रमुख रघुनाथ खुलालले नोपल सरकारले सन २०२० लाई भ्रमण वर्षको अवसरमा जिल्ला तहमा हुने कार्यक्रमबारे जानकारी दिएका छन् । उनले मकवानपुरले पनि पर्यटन वर्षलाई भब्य रुपमा स्वागत गर्ने भन्दै विभिन्न स्थानमा पर्यटकको लागि स्वागत ब्यानर, गेट, पर्यटन क्षेत्रको जानकारी दिने ब्रोसर, तस्बिरहरु प्रकाशन गर्ने बताए ।

जिससले बुद्धचोक, सहिद स्मारकमा होर्डिङबोड राख्ने, मनहरी गाउँपालिकाले लोथरमा, थाहा नगरपालिकाले टिस्टुङमा, इन्द्रसरोवरले हुमाने र वागमती गाउँपालिकलो झुरझुरेमा होर्डिङ बोर्ड राख्ने जनाइएको छ ।

यस्तै माघ १० गते मकवानपुरगढीमा विजयत्सोव मनाउने, सहित स्मारमा सहिद सप्ताह मनाउने, हेटौंडा राइडर्स क्लब्ले अफरोड च्याम्पियनशिप प्रतियोगिता गर्ने, इन्दसरोवरको कुलेखानी ताल माथि प्यालाग्याइडिङगर्ने लगायतका कार्यक्रमहरु रहेको प्रमुख खुलालले जानकारी दिए ।

मकवानपुर जिल्ला पर्यटनको लागि निकै संभावना बोकेके जिल्ला भएको बताउँदै उनले पर्यटन प्रर्वद्धनमा सन २०२० कोषेढुंगा हुने विश्वास समेत ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*