हेटौंडाको गौरिटार रंगशालालाई प्रदेश मातहत ल्याउन पहल

जनपत्र
११ पुष २०७६, शुक्रबार ०८:३१

हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्रिपरिषद् वैठक वसेको छ । वैठकले विभीन्न निर्णय गरेको छ । प्रदेश ३ मन्त्रिपरिषद् वैठकले प्रदेश भित्रका वन हेर्नका लागि रेन्जर तोक्ने निर्णय गरिएको छ ।

सिंधुलीमा औद्योगिक क्षेत्र निर्माण गर्नका लागि केन्द्र सरकार संग जग्गा माग गर्ने निर्णय गरेको प्रदेशका प्रमुख सचिव तोयम रायले जानकारी दिनुभयो ।

यसैगरी सिन्धुपाल्चोकको चौतारामा प्राविधिक महाँविद्यालय निर्माण गर्नका लागि संघीय सरकार संग जग्गा माग गर्ने निर्णय गरिएको छ । हेटौंडा ६ गौरिटारमा रहेको खेलकुद प्रतिष्ठानलाई प्रदेश सरकार मातहत ल्याउन संघीय सरकार संग माग गर्ने र प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिलाई प्रदेश मातहत ल्याउनका लागि संघीय सरकार संग माग गर्ने निर्णय गरिएको प्रमुख सचिव रायले वताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा विहीबार मन्त्रिपरिषद्को वैठक वसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*