मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

राक्सीराङमा मात्र ११ विगाहा गाँजा र अफिम नष्ट ।
जनपत्र
१० पुष २०७६, बिहीबार ०७:०३

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम फडानी गर्नका लागि दोस्रो चरणको अभियान सुरु गरेको छ । पहिलोचरणमा गाँजा र अफिम फडानी गर्न बाँकी भएका क्षेत्रमा दोस्रो चरणको अभियान सुरु गरेको हो ।

गाँजा तथा अफिम फडानी एवं लागू औषधको रोकथाम तथा नियन्त्रणको लागि विशेष अभियान अन्तर्गतको दोस्रो चरणमा यस कार्यालय तथा मातहत समेतबाट सुरु गरिएको जिल्ला प्रहरी इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा ३७ जनाको टोलीले मकवानपुर राक्सिराङ गाउपालिका वडा नंम्बर ४ को बिन्देस,धुम्बा भन्ने स्थानमा गाँजा ५ बिगाहा र अफिम ४ बिगाहा फडानी गरी नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक रंगलाल यादवको कमाण्डमा २० जनाको टोलीले मकवानपुर राक्सिराङ् गाउँपालिका वडा नंम्बर ९ को मेताङसी र लाईवाङमा गरी गाँजा २ बिगाहा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*