प्रदेश सरकारले हेटौंडामा खाद्यय प्रयोगशाला निर्माण गर्दै

जनपत्र
९ पुष २०७६, बुधबार ०७:५४

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले खाद्ययवस्तु जाँच गर्नका लागि प्रयोगशाला निर्माण गर्ने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपभोक्ता हक हितका लागि खाद्ययवस्तु प्रयोगशाला निर्माण गर्न लागेकोे हो ।

प्रदेश राजधानीमा हेटौंडामानै प्रयोगशाला निर्माण गर्ने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिनुभयो । खाद्यय प्रयोगशाला निर्माणका लागि मन्त्रालयले ९० लाख रुपैयाँ चालु आर्थिक वर्षको वजेटमा छुट्याएको छ ।

खाद्यय प्रयोगशाला सकेसम्म हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको मन्त्री नेपालका निजी सचिव नवराज पुणासैनीले वताउनुभयो । अहिले जग्गाको खोजी भईरहेको वताउँदे उहाँले भन्नुभयो–‘तत्काल काम सुरु गरिहाल्ने योजना छ । तर, जग्गाको खोजी भईरहेको छ । सकेसम्म हेटौंडा औद्योगिक क्षेत्रमा प्रयोगशाला निर्माण गर्नेगरी तयारी थालेका छौं ।’ प्रयोगशाला भएपछी कुनैपनि खाद्ययवस्तुको गुणस्तरिय जाँच गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*