मकवानपुरको राक्सिराङ्गमा आज सार्वजनिक विदा

जनपत्र
९ पुष २०७६, बुधबार ०७:१२

हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस पर्वमा सार्वजनिक आज विदा दिएको छ । तामाङ्ग र चेपाङ्ग बाहुल्य राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस डेका दिन आज बुधबार सार्वजनिक विदा दिएको हो ।

गाउँकार्यपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बसेको बैठकले सबै सरकारी कार्यालय एवं शिक्षण संस्थाहरुमा विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाले गतबर्षदेखी क्रिसमस पर्वको सार्वजनिक विदा दिन थालेको थियो ।

करिब ३१ हजार जनसंख्यामध्ये राक्सिराङ्ग गाउँपालिकाको झण्डै १८ प्रतिशत इसाई धर्मालम्बी रहेको अनुमान छ । नौ वडा रहेको गाउँपालिकाको उपाध्यक्ष र पाँच वडा अध्यक्षलगायत क्रिष्चियन रहेका छन् ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो । क्रिसमस अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखमा पर्छ र १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*