हेटौंडामा ४२ करोड लगानीमा तरकारी तथा फलफूलको थोक वजार वन्दै

जनपत्र
७ पुष २०७६, सोमबार १७:१६

हेटौंडा । मकवानपुरको हेटौंडामा ४२ करोड ४९ लाख रुपैयाँ लगानीमा प्रदेश स्तरको तरकारी तथा फलफूलको थोक वजार निर्माण गर्न लागिएको छ ।

हेटौंडा ११ थानाभ¥याङमा तरकारी तथा फलफूलको थोक वजार निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । प्रदेस सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गर्न लागिएको हो । दुईवर्ष भित्रमा काम सक्नेगरी निर्माण गर्ने तयारी भएको मेयर महतले वताउनुभयो ।

तरकारी तथा फलफूल वजारको डीपीआर सम्वन्धी छलफल कार्यक्रम समेत आज हेटौंडामा भएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयमा छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सवै भन्दा ठुलो योजना रहेको वताउनुभयो । सवैकुरा आधुनिक र वैज्ञानीक ढंगले निर्माण गर्न लागिएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘नेपालको सन्दर्भमा ठुलो र नयाँ काम भएकाले यसलाई निर्माणमा प्रदेश र स्थानीय सरकार लागेको वताउनुभयो । प्रदेशको अर्थतन्त्रलाई समेत वढावा दिने योजना रहेको उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले हेटौंडामा व्यवस्थित वजार निर्माण गर्न प्रदेश सरकार लागेको वताउनुभयो । प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर काम गर्न लागिएको उहाँले वताउनुभयो । तरकारी वजारको विषयमा प्रस्तुतीकरण समेत गरिएको थियो । सकेसम्म यही आर्थिक वर्षमा काम सुरु गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम वस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मेयर महत, उपमेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*