मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

जिल्लामा पहिचान भएका भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्यमा आधा भन्दा कम मात्रैले घर निर्माण सकेका छन् ।
जनपत्र
६ पुष २०७६, आईतवार १२:५३

हेटौंडा । मकवानपुरमा भुकम्पले ढलेका घरहरु १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार ) कार्यालयको आयोजनामा आज विहान हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका अवसरमा यसबारेमा जानकारी दिइएको हो ।

जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्यमा आधा भन्दा कम मात्रैले घर निर्माण गरेको इकाइका प्रमुख विमल किशोर केपीले जानकारी दिनुभयो । यस मध्यमा प्रथम किस्ता प्राप्त गर्ने भुकम्प पीडित २९ हजार ५ सय ५ परिवार रहेका छन् । दोस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित २३ हजार ४ सय ६६ परिवार रहेका छन् । यसैगरी तेस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित १८ हजार ६ सय परिवार रहेको उहाँले जानकारी दिनुभयो ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा पनि उल्लेख्य प्रगती भएको डीएलपीआइयु शिक्षाका प्रमुख वद्री बहादुर पाठकले जानकारी दिनुभयो । भुकम्पले पूर्ण रुपमा क्षेती भएका विद्यालय भवन निर्माणको काम केही नगन्य मात्रमा भन्दा बाहेक सवैतिर द्रुत गतिमा निर्माण भएको पाठकले वताउनुभयो । कार्यक्रममा डीउलपीआइयु भवनका प्रमुख तुलसीराम खरबुझा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*