हेटौंडामा यातायात कार्यालयका कर्मचारीको मिलेमतो, मोटरसाइकलको प्रयोगात्मक परिक्षा दिदा मनपरी शुल्क
हेटौंडा । हेटौंडामा आज देखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक (ट्रायल) परिक्षामा मोटरसाइकल चलाउनका लागि मनपरी शुल्क लिइएको छ । विरगन्ज, काठमाण्डौ, लगायतका स्थानको तुलनामा प्रयोगात्मक परिक्षा दिनु भन्दा पहिले बुझाइने शुल्क वढी लिइएको हो ।
प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले लिखीत र प्रयोगात्मक परिक्षाका अनुमती दिएको बागेश्वरी ड्राइभिङ्ग एकेडेमीले प्रयोगात्मक परिक्षा दिनका लागि मोटरसाइकल वा स्कुटर चलाउँदाको शुल्क वढी लिएको गुनासो आएको छ ।

विरगन्जमा प्रयोगात्मक परिक्षा दिन मोटरसाइकलको प्रयोग गरेवापत एक सय १५ रुपैयाँ मात्र सेवाग्राहीले तिरे पुग्छ । तर, हेटौंडा ११ वागथलीको बागेश्वरी एकेडेमीले एक जना संग मोटरसाइकलको परिक्षा दिएवापत २ सय ५० रुपैयाँ तिराएको छ । अरु जिल्लाको तुलनामा बागेश्वरीले मोटरसाइकलको प्रयोगात्मक परिक्षा दिदा वढी शुल्क लिएको चितवनको टाँडी नगरपालिका वडा नम्बर १० का कृष्ण गोपाल श्रेष्ठ वताउनुहुन्छ ।

सवारीको ट्रायल दिनका लागि आम सर्वसाधरणले आफ्नै मोटरसाईकल र स्कुटर चलाउन पनि रोक लगाइएको छ । तर, एकेडेमीको मोटरसाईकल वा स्कुटर चलाउँदा वढी शुल्क तिर्न बाध्य वनाइएको मोटरसाईकलको ट्रायल दिन आउनुभएका हेटौंडाका एक जना जनप्रतिनिधिले वताए ।
यातायात सेवा कार्यालयको मिलेमहतोमा मनपरी शुल्क
सवारी चालक अनुमती पत्रको लिखीत र प्रयोगात्मक परिक्षा दिलाउने स्थान र साधनका लागि यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले बागेश्वरी ड्राइभिङ्ग एकेडेमीलाई जिम्मा दिएको थियो । जिम्मा दिनु भन्दा अगाडी शुल्क निर्धारण गर्दानै अरु जिल्लाको तुलनामा वढी शुल्क तोकिएको हो ।
कार्यालय र मन्त्रालयका कर्मचारीको मिलेमहतोमा आम सेवाग्रहीलाई ठग्नेगरी शुल्क तोकिएकोमा सेवाग्राहीले गुनासो गरेका छन् । आफुले चलाइराखेको मोटरसाइकल पनि चलाउन नपाउने र त्यहाँ राखेको मोटरसाइकल चलाउनुपर्दा थप समस्यामा परेको हेटौंडा ११ थानाभ¥याङका सुरज थिङ वताउनुहुन्छ । आफ्नै मोटरसाइकल चलाउन पाउनुपर्ने उहाँको माग रहेको छ । कार्यालयका कर्मचारीको मिलेमहतोमा वढी शुल्क अशुल्का लागि दुईवर्ष सम्मका लागि अनुमती दिइसकेको छ ।

वढी शुल्क पनि लिने र आफ्नै बाइक पनि चलाउन नदिदा समस्या परेको ट्रायल दिन हेटौंडा आउनुभएका चितवन खैरेनीका प्रमोद भट्ट वताउनुहुन्छ । अरु जिल्लाको तुलनामा यहाँ वढी सुविधा समेत भएकाले वढी शुल्क लिइएको बागेश्वरी ड्राइभिङ्ग एकेडेमीका कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको सवारी साधनका लागि लिखीत परिक्षा दिने स्थान नभएका कारण निजीक्षेत्र संगको सहकार्यमा काम गरिएकाले अन्तको तुलनामा प्रयोगात्मक परिक्षामा मोटरसाइकल चलाउँदाको शुल्क महगो भएको यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाका निमित्त कार्यालय प्रमुख पोषण थापाले वताउनुभयो । सरकारले यस कम्पनिलाई पैसा तिर्नु भने पर्दैन । तर, आम नागरिकका लागि मोटरसाइकल र स्कुटर प्रयोगात्मक परिक्षा दिदा २ सय ५० रुपैयाँ तिराइएको छ । सवैतिर तिराइएको शुल्कलाई हेरेर यहाँको पनि शुल्क निर्धारण गरिएको थापाले वताउनुभयो ।
मोटरसाईकल सिक्दा १५ मिनेटकै २ सय ५० रुपैयाँ
बागेश्वरी ड्राइभिङ्ग एकेडेमीले प्रयोगात्मक रुपमा यस क्षेत्रमा मोटरसाइकल सिक्दा पनि १५ मिनेटको २ सय ५० रुपैयाँ लिएर सिक्न आउनेहरुलाई ठगि गरेको छ । मोटरसाइकल र यसमा लाग्ने पेट्रोल उपलव्ध गराएर दिएपनि सिक्न आउनेहरुलाई विरगन्ज, काठमाण्डौको तुलनामा वढी शुल्क लिदा पनि यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाले यसका लागि पनि अनुमती दिएको छ ।
एकेडेमीले एक घण्टा मोटरसाइकल सिक्दा ७ सय रुपैयाँ लिने गरेको छ । सिकाउने काम सहितको शुल्क लिइएको एकेडेमीले जनाएको छ । यसैगरी कार एक घण्टा सिक्दा २ हजार रुपैयाँ लिने गरेको छ । कार ३० मिनेट मात्र सिकेमा १ हजार २ सय रुपैयाँ लिदै आएको एकेडेमीले जनाएको छ । अटो एक सिक्दाको एक हजार रुपैयाँ लिने गरिएको छ । आम उपभोक्ता संग वढी शुल्क लिनका लागि एकेडेमीले यातायात व्यावस्था सेवा कार्यालयको मिलेमहतोमा अनुमती पाएको हो ।
बागेश्वरी ड्राइभिङ्ग एकेडेमीलाई अनुमती दिने समयमै वदमासी
यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाले बागेश्वरी ड्राइभिङ्ग एकेडेमीलाई लिखीत तथा प्रयोगात्मक परिक्षा सहितका सवै काम जिम्मा दिने समयमै कार्यालयका कर्मचारीको वदमासी देखिएको छ । एकेडेमीको स्थान तयार भएपछी मात्र कार्यालयले पत्रिकामा केहीदिनको म्याद राखेर सूचना निकालेको थियो । तर, सवारी चालक अनुमती पत्र दिने तयारी दुईवर्ष देखि गरिदै आएको थियो ।

प्रदेश सरकार स्थापना भएर प्रदेश मातहत यातायात कार्यालय आउने वित्तिकै देखि सवारी चालक अनुमती पत्र हेटौंडाबाट वितरण गर्नेगरी तयारी थालिएको थियो । कार्यालयको प्रकृया सुरु भएदेखिनै बागेश्वरी ड्राइभिङ्ग एकेडेमीले हेटौंडा ११ वागथलीमा प्रदेश सरकारका जिम्मेवार व्यक्ति संगको मिलेमहतोमा सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा दिने स्थान तयारी गरिदै थियो । स्थान तयार हुने वित्तीकै कार्यालयले सूचना जारी गरेर तत्काल सूरु गर्नेगरी एकेडेमीसंग संझौता गरेको हो ।
हेटौंडामा पहिलो पटक सवारी साधनको प्रयोगात्मक परिक्षा, मोटरसाईकलको ट्रायल दिनेको भिड
प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले सवारीका साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनका लागि आजबाट प्रयोगात्मक परिक्षा सुरु गरेको छ ।
प्रदेश सरकार मातहतको कार्यालयले पहिलो पटक हेटौंडाबाटनै सवारी चालक अनुमति पत्रको ट्रायल दिन सुरु गरेको हो । आज भने मोटरसाईकलको प्रयोगात्मक (ट्रायल) परिक्षा लिइएको हो । मोटरसाईकल र स्कुटरको ट्रायल दिएका अधिकांश परिक्षार्थी अनुत्रिण भएका छन् । परिक्षा दिएका मध्य थोरै मात्र प्रयोगात्मक परिक्षामा पास गर्न सफल भएका छन् ।
आजको परिक्षामा ५ सय १० जनाले ट्रायल दिएको यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । आज मोटरसाईकलको ट्रायल ३ सय ८१ जनाले दिएका छन् भने ६९ जनाले स्कुटीको ट्रायल दिएका हुन् । कारको लिखीत परिक्षा भएपनि ट्रायल भने पछी गरिने उहाँले जानकारी दिनुभयो ।

प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि प्रकृया शुरु भएसंगै सवारी चालक अनुमति पत्रको लागी भिड् लागेको छ । ट्रायल दिन आउनेहरुको आज विहानैबाट हेटौंडा ११ वागथलीमा भिड लागेको थियो ।
हेटौंडाबाटनै पहिलोपटक सेवा पाएकोमा सवै खुसी समेत भएका छन् । हेटौंडामा रहेको यातयात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आवेदन आहवान गरेसँगै बिहीबार लिखित परीक्षा लिएको थियो । लिखित परीक्षमा ५ सय २० जनाले सहभागिता जनाएको यातयात ब्यवस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।







