सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा प्रदेश ३ का मन्त्री नेपालको समवेदना

जनपत्र
३० मंसिर २०७६, सोमबार ११:२५

हेर्टौंडा । सिन्धुपाल्चोकमा भएको वस दुर्घटनामा प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले हार्दिक समवेदना प्रकट गर्नु भएको छ । आज विज्ञप्ती जारी गर्दै मन्त्री नेपालले घोइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने १५ जना प्रति श्रदान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । त्यस जिल्लाका प्रदेशसभाका सदस्य समेत रहनुभएका अन्त्री नेपालले घाइतेको उदारमा खटिने, प्रहरी, सेना, स्थानीय समाजसेवी, राजनीतिक दल सवैलाई धन्यवाद समेत दिनुभएको छ । हिजो दुर्घटनामा ज्यान गुमाएका १५ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङको परिचय खुलेसँगै १५ जनाकै सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी उपीिक्षक प्रज्वल महर्जन ९एसपी० ले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसी

दुर्घटनामा ज्यान गुमाएका मध्ये १२ जनाको हिजो नै सनाखत भएको थियो । दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्केको गाडी आइतबार दुर्घटना हुँदा १५ जनाको ज्यान जानुका साथै १९ जना घाइते भएका थिए । घाइतेको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सडक दुर्घटना कम गर्न प्रयास नहुँदा र दुर्घटनालाई खेलाँची ठानिँदा दुर्घटना बढिरहेका छन् । गएको साउनदेखि अहिलेसम्म गाडी दुर्घटनामा १ हजार २९ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*