मकवानपुरको कैलाशमा चार ठुला सडक निर्माण हुँदै

पाँच करोड रुपैयाँ लागतमा गाउँपालिका भरीका वासिन्दालाई फाइदा पुग्नेगरी चार वटा सडक निर्माण गर्न लागिएको हो ।
हरि हुमागाईं
२९ मंसिर २०७६, आईतवार १४:५४

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा ठुला लगानीका चारवटा सडक निर्माण हुन लागेका छन् । चार वटा ठुला सडकले गाउँपालिका भरीका वासिन्दालाई यात्रा गर्न सहजता प्रदान गर्ने छ । कुल चार करोड ९५ लाख रुपैयाँ लागतमा ठुला चार वटा सडक निर्माण गर्न लागिएको हो । ठुला लगानीका सडक निर्माणका लागि प्रदेश सरकार र गाउँपालिकाले चालु आर्थिक वर्षमा काम गर्ने योजना वनाएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले वताउनुभयो ।

एक करोड ५० लाख रुपैयाँ लागतमा कैलाश गाउँपालिका वडा नम्बर ५ गोगने देखि कैलाश ३ कालिकाटार सम्मको १४ किलोमिटर सडक निर्माण गर्न लागिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यस सडकमा गाउँपालिकाले एक करोड रुपैयाँ र प्रदेश ३ सरकारले ५० लाख रुपैयाँ लगानी गरेको छ । टेण्डर प्रकृया मार्फत ट्रयाक खोल्ने तयारी भएको छ । सडक वनिसक्दा ३ वटा वडाका वासिन्दालाई फाइदा पुग्ने छ ।
यसैगरी गैरीगाउँ, गोगने, पकनी डाँडाखर्क सडक निर्माण हुने भएको छ ।

कैलाश गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का वासिन्दाहरुलाई फाइदा पुग्नेगरी सडक निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । सडक निर्माणका लागि प्रदेश सरकारले एक करोड र गाउँपालिकाले २० लाख रुपैँया लगानी गरेर सडक निर्माण गर्ने तयारी गरिएको छ । टेण्डर मार्फत छिट्टै काम सुरु गर्ने तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।

भार्ता, डाँडाखर्क, छ्याङ्दुङ, खोलाखर्क सडक निर्माण गर्न लागिएको छ । कैलाश गाउँपालिका वडा नम्बर २ छ्याङदुङ र कैलाश ८ भार्ता, कैलाश १ खोलाखर्कका वासिन्दालाई यात्रा गर्न सहज हुनेगरी सडक निर्माण गर्न लागिएको हो । यस सडक निर्माण गर्नका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

तीन वटै सडक मकवानपुरको भिमफेदी गाउँपालिकाको चुनियाँ देखि नामटार, कालिकाटार, भार्ता, डाँडाँखर्क, गोगने हुँदै थाहा नगरपालिका जोड्ने गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जनाकारी दिनुभयो । यसैगरी घुमाउने, बुकुटी, लिक्चे लापती सडक निर्माण गर्न लागिएको छ । कैलाशको वडा नम्बर ४ र राक्सीराङ गाउँपालिका वडा नम्बर ३ जोड्ने सडक निर्माण गर्न लागिएको छ । गाउँपालिकाको ५५ लाख र प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा काम हुँदै गरेको उहाँले वताउनुभयो ।

कैलाश गाउँपालिकाको कार्यालय भवन वन्दै

मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाको कार्यालय अहिले अरुको भवनमा वस्दै आएको भएपनि अव भने आफ्नै भवन निर्माण गरेर राख्न लागिएको हो । कुल चार करोड २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।

पालिकाको भवन निर्माण गर्नका लागि टेण्डर गर्ने अन्तिम तयारी गरिएको छ । भवन निर्माण गर्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले एक करोड, गाउँपालिकाले चालु आर्थिक वर्षको वजेटमा ५० लाख रुपैयाँ छुट्याएको छ । वहुवर्षिय ठेक्का लगाएर भवन निर्माण गर्न लागिएको वताउँदै अध्यक्ष मोक्तन भन्नुहुन्छ–‘दुईवर्ष भित्रमा आफ्नै भवन निर्माण गरेर सर्ने तयारी छ । आउँदो वर्ष पनि वजेट छुट्याएर काम गर्ने तयारीमा छौ ।’

यसैगरी कैलाश गाउँपाकिलाको वडा नम्बर ४, ३, ७, ६, १०, १, २ र ५ वडा कार्यालयको भवन निर्माणको काम सकिएको उहाँले वताउनुभयो । आफु निर्वाचित भएर आएपछी पहिले वडा कार्यालय भवन वनाइएको र पछी गाउँपालिकाको भवन निर्माण गर्न लागिएको हो । धेरैखालका सेवाहरु वडाबाटनै हुने भएकाले पहिले वडालाई प्राथमिकता दिइएको हो । पहिले नामटार र भार्तामा मात्र वडा कार्यालयको भवन थियो । अहिले भने सवै वडामा वडा कार्यालय भवन निर्माण गरिसकिएको हो ।

कैलाशमा हाइटेक नर्सरी, सय युवालाई रोजगारी

मकवानपुरको कैलाश गाउँपालिकामा तरकारीको हाइटेक नर्सरी स्थापना गर्न लागिएको छ । हरेक वडामा हाइटेक नर्सरी निर्माण गरेर एकै वर्ष एक सय युवालाई रोजगारी दिने लक्ष लिइएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले हरेक तरकारी उत्पादनका लागि हाइटेक नर्सरी निर्माण गरेर एक सय जना युवालाई गाउँमै रोजगारी दिने लक्ष लिएको अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।

गाउँपालिका भरीका सवै वडामा गरी २० वटा हाइटेक नर्सरी निर्माण गर्न लागिएको हो । हरेक नर्सरी निर्माणमा गाउँपालिकाले पाँच लाख रुपैयाँका दरले सहयोग गर्ने र स्थानीय युवाहरुको समुहले २ लाख ५० हजार रुपैयाँका दरले रकम लगानी गरेर हाइटेक नर्सरी निर्माणमा प्रोत्साहन गरिएको अध्यक्ष मोक्तानले वताउनुभयो ।

एउटा समुहमा कम्तीमा पाँच जना युवाहरुले मिलेर हाइटेक नर्सरी निर्माणमा आएमा मात्र गाउँपालिकाले सहयोग गर्न लागेको हो । २० वटा नर्सरीका लागि गाउँपालिकाले पाँच लाखका दरले एक रकोड रुपैयाँ सहयोग गर्न लागेको हो ।

टनेलमा काउली, गोलभेडा, खुर्सानी, काक्रो, फलफुलका विरुवा, तरकारीका विभीन्न जातका विरुवा उत्पादन गर्दै खेत ीगर्नका लागि प्रोत्साहित गरेर युवालाई गाउँमै रोजगारी दिन लागिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*