मकवानपुरको भिमफेदीबाट चरेश सहित दुइजना पक्राउ

जनपत्र
२७ मंसिर २०७६, शुक्रबार ११:५५

हेटौंडा । चरेश निकासी गर्न लागिएको अवस्थामा मकवानपुरको भिमफेदीबाट प्रहरीले दुईजनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । लागुऔषध चरेससहित पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको हो ।

भैंसे प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको टोलीले भिमफेदी गाउँपालिका २ बाट १० किलो २५० ग्राम चरेस सहित २ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका ७ का अरबिन्द कुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुल्तान मियाँ रहेका छन् । उनीहरुको साथबाट बा ४० प ७२४० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पटेल र मियाँ माथी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उनीहरुले चरेश भारत निकासी गर्न लागेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*