प्रदेश–३ ले तोक्न सकेन नाम र राजधानी

जनपत्र
२६ मंसिर २०७६, बिहीबार १२:२३

हेटौंडा । प्रदेश सभा र प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दा पनि प्रदेश नम्बर ३ ले आफ्नो नाम र राजधानी टुंगो लगाउन सकेको छैन । नाम र राजधानी तत्काल टुङ्गो लगाउने भनेपनि अझै सम्म पनि कहिले टुङ्गो लगाउने् भन्ने ठेगान समेत भएको छैन ।

प्रदेश सभा गठन भएदेखि यो दुई वर्षको् अवधिमा नाम र राजधानीको छिटो टुङ्गो लगाउने भनेपनि अझैपनि कहिले सम्म टुङ्गो लाग्छ भन्नेमा प्रदेश सभाका सदस्यहरुनै अनविज्ञ रहेका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ भने सधै छिटो टुङ्गो लगाउँछौ भनेर औपचारिक रुपमा भाषण मात्र गर्ने गरेका छन् । तर, संसद समेत नाम र राजधानीकै विषयका कारण वस्न सकेको छैन । अवको संसद वैठकमा नाम र राजधानीको टुङ्गो लगाउने भनेर पटक पटक मुख्यमन्त्री पौडेलले संसद वैठकमा र औपचारिक कार्यक्रममा वोल्दै आउनुभएको छ । तर, व्यावहारमा भने कार्यान्वयन भएको छैन ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा तोकिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडाकै हुन् । उनी यसैलाई स्थायी राजधानी बनाउने पक्षमा छन् । पार्टीका बहुमत सांसद हेटौंडालाई अपायक भन्दै सार्नुपर्ने लबिइङमा छन् । पार्टी ‘हाइकमान्ड’ को हस्तक्षेप नभएसम्म राजधानीको टुंगो सम्भव नरहेको नेकपा सांसद बताउँछन् ।

राजधानीसम्बन्धी अध्ययन गर्न सांसद दीपक निरौलाको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको महिनौं भइसक्दा पनि त्यसमाथि प्रदेशसभाले निर्णय लिएको छैन । समितिले काभ्रे, भक्तपुर, चितवन, मकवानपुर र नुवाकोटको नाम प्रस्ताव गरेको छ । वर्णानुक्रमअनुसार प्रत्येक नाममा संसद्मा मतदान गराइने र जुन नाममा दुई तिहाइ पुग्छ, त्यसलाई राजधानी तोक्ने संसद्ले कार्यविधि पनि बनाइसकेको छ ।

तर सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक दलहरूले राजधानीका सन्दर्भमा आधिकारिक निर्णय नलिएकाले त्यसलाई बढाउन सकेका छैनन् । उनी भन्छन्, ‘राजधानी तोक्ने विषय सामान्य होइन, यसमा पार्टीगत निर्णय र दलगत सहमति भयो भने राम्रो हुन्छ ।’ राजनीतिक दलको आन्तरिक र दलहरूबीच सामूहिक छलफल होस् भनेर पनि केही समय पर्खिएको उनको भनाइ छ । अब भने ढिलाइ नगरीकन आउँदो अधिवेशनमा राजधानी टुंग्याउने विषयलाईसंसद्को प्रक्रियामा लगिने उनले बताए । यहाँ प्रदेशको नाम नेवास् ताम्सालिङ, नेपाल मण्डल र गौरीशंकर चर्चामा आएका छन् । केही सांसदले ती नाम संसद्मा दर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*