हेटौंडा अस्पताल ३ सय वेडको वन्दै, अवको दुइ वर्षमा यस्तो वन्छ अस्पताल

जनपत्र
२५ मंसिर २०७६, बुधबार ०९:१४

हेटौंडा । मकवानपुरको हेटोंडा अस्पताल अवको दुईवर्ष भित्रमा तीन सय वेडको वनाउन लागिएको छ । सबै भौतिक पूर्वाधार निर्माणको काम सकिए लगतै अस्पताललाई तीन सय वेडको वनाउन लागिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो । दुईवर्ष भित्रमा हेटौंडा अस्पतालको नयाँ डिजाइन सहितको संरचना निर्माण गरिसक्नेगरी नक्सा तयार भएर काम थालिएको छ ।

शिक्षा क्षेत्रमा अगाढी वडीसकेको मकवानपुर जिल्लामा अव स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउनका लागि काम थालिएको हो । अस्पलातका डाक्टर श्रेष्ठको नेतृत्वमा स्वास्थ्यमा धेरै खालका सुधारका काम भईहरहेका छन् । अस्पतालमा विरामीको थामि नसक्नु भिड हुँदे गएको छ । पहिले निजी अस्पताल, क्लीनकमा जाने विरामी अस्पतालमा आउन थालेका छन् ।

कुनै समय यहाँ आउने बिरामीलाई तुरुन्तै अन्त पठाइन्थ्यो । पहिले सामान्य रोगको समेत उपचार गर्न नसक्ने अवस्थामा पुगेको थियो । अहिले यहाँ बिरामीको चाप बढिरहेको छ । अस्पतालले सेवामा सुधार ल्याएकाले चाप बढेको हो । स्तरोन्नतिसँगै विशेषज्ञ तथा चिकित्सक संख्या वृद्धि गरिएको छ । स्वास्थ्य परीक्षणका साथै शल्यक्रिया गराउनेको संख्या बढेको अस्पताल विकास समितिले जनायो । एक वर्षअगाडि सम्म हेटौंडामा अप्रेसन हुँदैन भनेर चितवन वा काठमाडौं बिरामीहरूलाई लैजाने गरेका थिए ।

हिजोआज हेटौंडामा अन्य जिल्लाबाट बिरामी आउने गरेबाट पनि अस्पतालको सेवामा सुधार आएको दाबी अस्पताल विकास समितिले गरेको छ । अहिले बारा, रौतहट, पर्सा र चितवनको लोथर र पिप्लेसम्मका बिरामीहरूलाई उपचारका निम्ति यहाँ ल्याउने गरिएको छ ।

हेटौंडा अस्पतालमा थप भौतिक पूर्वाधार थपीदै

प्रदेश ३ सरकारले हेटौंडा अस्पताललाई थप सुधारको काम गर्ने भएको छ । मकवानपुरमा स्वास्थ्य समस्या समाधान गर्ने उदेश्यका साथ हेटौंडा अस्पताललाई पहिले भौतिक पूर्वाधारबाट सुबिधा सम्पन्न बनाउने योजना अगाडी सारिएको छ । अहिले पनि हेटौंडा अस्पतालको भवन निर्माण भइरहेको छ ।

अस्पतालमा स्वास्थ्य कमजोर भईरहेको समयमा यसलाई सुधार गर्ने योजना अगाडी सारिएको छ । अहिले अस्पतालको २८ करोड रुपैयाँ लागतमा भवन निर्माणको काम भईरहेको छ । अझै पनि प्रदेश सरकारको सहयोगमा आउँदो आर्थिक बर्षमा भौतिक पूर्वाधारका काम गर्न लागिएको छ ।

हेटौंडा अस्पतालमा भवन निर्माण गर्नकै लागि आउँदो आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट छुट्याइएको प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । अहिले भईरहेको इमरजेन्सी भवन भन्दा पछाडी नयाँ भवन निर्माण गर्ने उहाँले बताउनुभयो । पहिले भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न गर्ने र त्यसपछी अस्पतालको स्वास्थ्यमा सुधारको काम गर्ने प्रदेश सरकारको तयारी छ ।

अहिले निर्माणाधिन भवन निर्माण भइसकेपछी माथील्लो तला निर्माण गर्नका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरेको छ । पहिले भन्दा अहिले हेटौंडा अस्पतालमा स्वास्थ्यमा पनि सुधार आएको छ । स्वास्थ्यमा सुधार भएसंगै अस्पतालमा जचाउन जाने बिरामीको सख्या पनि बृद्धी भएको अस्पातलका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

हेटौंडा अस्पतालमा प्रबिधि भित्रदै, रगतको रिपोर्ट बिरामीको इमेलमै

हेटौंडा अस्पतालमा बिरामीको चाप बढेसंगै प्रबिधि पनि भित्रदै गएको छ । अस्पतालमा ओपिडीमा बिरामी जाँच गराउनेहरु बढेसंगै प्रबिधि भित्रदै गएको हो । साउन देखि अस्पतालमा छिटो र सहज रुपमा रक्त परिक्षण गर्नका लागि फुली बायोकेमेस्ट्री मेसिन भित्रयाइएको छ । यो मेसिन भित्रीएसंगे एक घण्टामा ४ सय जना बिरामीको रक्त परिक्षण गर्न मिल्ने भएको अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेलले बताउनुभयो ।

नौ लाख रुपैयाँ लागतमा यो मेसिन खरिद गरेसंगै थप सहजता भएको कर्मचारीहरु बताउँछन् । यसैगरी ब्लड फल्चरको लागि ३ देखि ५ दिन सम्म लाग्ने भएपनि अव भने रगत पोजेटिभ भएमा ६ घण्टामानै रिपोर्ट दिन सकिने अध्यक्ष पौडेलले बताउनुभयो । यो प्रबिधिबाट अस्पतालमा तीन महिना देखि काम भईरहेको छ । अस्पतालमा केही जनसक्तिको भने अभाव रहेको छ । पछील्लो समय अस्पतालमा बिरामीको सख्या बृद्धी भएसंगै छिटो छरितो रुपमा उपचार गर्ने र ल्यावमा प्रबिधि पनि भित्रयाइएको हो ।

प्रदेश ३ का अस्पताल सुधार्न १० करोड, हेटौंडा अस्पतालको लागि १ करोड ५० लाख

प्रदेशका अस्पतालहरुमा स्वास्थ्य सेवाको गुणस्तर सुधार्न प्रदेश ३ सरकारले तत्परता देखाएको छ। ३ नम्बर प्रदेशक जिल्ला अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षबाटै यो कार्यक्रम सुरु गरिएको थियो। आर्थिक वर्ष २०७६र०७७ का लागि पनि झन्डै १० करोड बजेट छुट्याइएको छ। यसभन्दा अघि रिफर सेन्टरको उपमा पाएको हेटौंडा अस्पतालमा पछिल्लो समय धेरै सुधार आएको छ। बिरामीहरुको चाप बढ्न थालेको छ।

चालू आवमा हेटौंडा अस्पतालको लागि १ करोड ५० लाख बजेट छुट्याइएको छ। यसैगरी यस प्रदेश अन्तरगतका भक्तपुर अस्पताललाई १ करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई १ करोड २५ लाख, सिन्धुली अस्पताललाई १ करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई १ करोड, धादिङ अस्पताललाई १ करोड २५ लाख, रामेछाप अस्पताललाई १ करोड र रसुवा अस्पताललाई ७५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेने ८ वटा जिल्ला अस्पतालको सुदृढीकरण गर्नका लागि चालु आर्थिक वर्षमा ९ करोड ५० लाख बजेट विनियोजन गरेको हो।

प्रायः जसो जिल्ला अस्पताल रेफर सेन्टरको रूपमा रहँदै आएको भन्दै यसको सुधार आवश्यक रहेकोले प्रदेश सरकारले बजेट विनियोजन गरेको समाजिक विकास मन्त्री युवराज दुलालले बताए। उनले प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गर्न एवं सुदृढ गराई अस्पताललाई सुविधा सम्पन्न बनाउने लक्ष्यसहित विनियोजित रकमबाट कार्यक्रम सञ्चालन गरिएको बताए।

अस्पतालमा न्यूनतम सेवा मापदण्डअनुसारको निर्देशिका मन्त्रालयबाट पठाएपछि अस्पताले सेवा थप गर्न योजना बनाएर सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ।

गत वर्षबाट नै जिल्ला अस्पताल सुधार्ने प्रयास गरेता पनि सोचेअनुरूप काम गर्न नसकेको भन्दै यो वर्ष प्रभावकारी रुपमा काम गर्न रकम वितरणमा मापदण्ड तोकेको मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले जानकारी दिए।

ुअस्पताल सुदृढीकरणका लागि गत वर्षबाटै हामीले काम सुरु गरेता पनि गत वर्ष सुरुवाती समय भएर होला सोचे जति सफलता प्राप्त सकेनौं, यो वर्ष भने यो योजनाले पूर्णता पाउने मन्त्रालयले अपेक्षा गरेको छु उनले भने। सामाजिक विकास मन्त्रालयले अगाडी सारेको योजना प्रदेश सरकारको नीति तथा योजनामै भएकोले प्रदेश सरकारले यस कार्यलाई विशेष महत्वका साथ हेरेको मन्त्रालयले जनाएको छ।

विनियोजित रकमको सदुपयोगको विषयमा मन्त्रालयले अनुगमन समेत गर्ने विष्टले बताए। मन्त्रालयले काम सुरुसँगै अनुगमन र मूल्यांकन गरिरहने मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख विष्टले बताए। जिल्ला अस्पतालहरुलाई अस्पताल सुदृढीकरणका कार्यक्रमको नाममा दिइएको रकमले जिल्ला अस्पतालहरुले आवश्यक औजार(उपकरण खरिद तथा अन्य पूर्वाधार निर्माण, फोहोरमैला व्यावस्थापन तथा संक्रमण रोकथाम कार्यक्रम, भौतिक संरचना उपकरण औजार मर्मत लगायतका कार्य गर्न सक्ने मापदण्ड रहेको छ ।

यसैबीच प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले ४ भन्दा धेरै जिल्ला अस्पतालमा छड्के अनुगमन गरिसकेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*