मकवानपुर गढी र हेटौडामा सवारी साधनको ठक्करबाट दुईजनाको मृत्यु

जनपत्र
२५ मंसिर २०७६, बुधबार ०७:५१

हेटौंडा । मकवानपुरका दुईस्थानमा गएराती सवारी साधनको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । हेटोंडा ९ र मकवानपुर गढीमा सवारी साधनको ठक्करबाट दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

हेटौडा ९ पशुपति नगरमा रहेको नेपाल बैंक अगाडी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिरगंजबाट हेटौडा आउदै गरेको ना ४२ प ७५०६ न।को मोटरसाइकलले अन्दाजी ४५ वर्षकि महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि सिंहले जानकारी दिनुभयो ।

महिलाको परिचय खुलेको छैन । उपचारको लागि हेटौडा अस्पताल पुर्याइयकी महिलालाई अस्पतालले मृत घोषणा गरेको थियोे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी ६ का अन्दाजो ३० बर्षका कन्चन ठाकुरको टाउकोमा चोट लागेको र उनकोबअवस्था गम्भिर रहेको एसपि सिंहले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडी सवार भरतपुर १० बस्ने ३५ वर्षकि सर्मिला थापा मगरको खुट्टा र हातमा चोट लागेको र अवस्था मघ्यम रहेको बताइयको छ । घाइते दुबै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुर गढी गाउँपालिका ४ मक्रान्चुली नजिक टिपरले ठक्करदिदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति गढि गाउँपालिका ४ स्थित मनकामना मन्दिर जाने सडक खण्डमा बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्करदिदा स्थानिय दिपक पाख्रिनको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दिपकको मुत्यु भएपछि स्थानिय टिपरम सामान्य तोडफोड गर्नुका साथै प्रदर्शन गरेका थिए । ठक्कर दिने टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*