मकवानपुरको हेटौडा अस्पतालमा डीजीटल बोर्ड
हेटौडा । मकवानपुरको एक मात्र सरकारी अस्पतालमा डीजीटल बोर्ड राखिएको छ । प्रदेश ३ सरकार मातहत रहेको हेटौंडा अस्पतालमा डीजीटल बोर्ड राखिएको हो ।

सरकारी अस्पतालमा डीजीटल वोड कमै मात्र राख्ने गरिएको छ । काठमाण्डौ, भरतपुर, पोखरा लगायतका ठुला शहरमा पनि डिजीटल वोर्ड राखिएको छैन । तर, टाढैबाट आकर्षण हुनेगरी डिजीटल वोर्ड राखिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो ।

अ्रस्पतालको सवैजसो क्षेत्रमा सुधारका काम भईरहेको वेलामा हेटौंडा अस्पतालमा रातको समयमा डीजीटल बोर्ड टल्कने गरेको छ । विशेषगरी पूर्व पस्चिम राजमार्ग ओहोर दोहोर गर्ने हजौरौ यात्रुहरु तत्काल दुर्घटना भइहालेमा अस्पताल खोज्दा पनि रातको समयमा देख्न समस्या भएपनि अव भने टाढैबाट सजिलै संग देख्न सकिने हेटौंडा अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले वताउनुभयो ।







