हेटौँडाको बसामाडिमा ट्रकको ठक्करबाट बृद्धको मृत्यु
हेटौंडा । हेटौंडा ३ बसामाडीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । हेटौंडा बाट चितवन जादै गरेको ना ८ ख २२५९ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षका लालबहादुर राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ बसामाडीमा आइतबार साँझ मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएका राईको शव चुरेहिल अस्पतालमै रहेको छ ।
ठक्कर दिने प्रहरीले ना८ख २२५९ को ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । राईको मृत्यु भएपछि स्थानीयले १ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।







