मनहरी प्रतापपुरमा बन्नेभयो १७ सय मिटर तटबन्ध, सांसद खतिवडाले गरे शिलान्यास

जनपत्र
२१ मंसिर २०७६, शनिबार १९:५९

मनहरी–प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले मनहरी गाउँपालिका वडा नं ६ स्थित प्रतापपुरमा निर्माण थालिएको तटबन्धनको शिलान्यास गर्नु भएको छ ।

शनिबार बिहान आयोजित शिलान्यास समारोहमा बोल्दै खतिवडाले निकै सकसपूर्ण संघर्र्षपछि प्राप्त भएको बजेटको दुरुपयोग हुन नदिनका लागि समुदायका अगुवाहरुलाई आग्रह गर्नुभयो । उहाँले तटबन्धन निर्माणका लागि आफूले केन्द्रमौ ठूलै लडाइँ लड्नुपरेको प्रसंग उठाउँदै प्रतापपुरदेखि लोथरखोलासम्म जोड्न् तटबन्धन निर्माणको कार्यलाई निष्कर्षमा पु¥याउनेगरी काम गरिने बताउनुभयो । ‘ग्यारेन्टी नभएका बिषयहरुमा झुटा आश्वासन दिएर मात्रै पनि हुँदैन’, सांसद खतिवडाले भन्नुभयो–‘यो गाउँलाई राप्तीबाट भएको खतरा न्यूनिकरणका लागि बजेट बिनियोजनमा भूमिका खेल्नका लागि म सदैव लागिपरेको छु ।’

उहाँले चालू आर्थिक बर्षमा १ हजार ७ सय मिटर बलियो तटबन्धन निर्माणका लागि गरिएको पहलले सार्थकता पाएकामा खुसी व्यक्त गर्दै प्रभावकारी काम देखाउन ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले प्रतापपुर संरक्षणको बिषयलाई स्थानीय सरकारले मात्रै टार्न नसकिने भएकाले संघीय सरकारसमक्ष पहलकदमी गरिएको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, ६ नं वडाध्यक्ष गोपीलाल मुक्तान, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*