औद्योगिक ग्राम निर्माण गर्ने प्रदेश सरकारको योजना–मन्त्री नेपाल

जनपत्र
२१ मंसिर २०७६, शनिबार ०७:३७

मकवानपुर– ३ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले आफ्नै औद्योगिक ग्राम निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभएको छ । हेटौंडा औद्योगिक क्षेत्रको ५७ औं वार्षिकोत्सव कार्यक्रमको आज हेटौंडामा उद्घाटन गर्दै मन्त्री नपालले आफ्नै औद्योगिक ग्राम निर्माण गरेर लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार लागेको जानकारी दिनुभएको हो ।

मन्त्री नेपालले प्रदेशको आफ्नै औद्योगिक ग्रामसंगै उद्योगलाई आवश्यक प्राविधिक जनशक्ति समेत उत्पादन गरेर आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उद्योग क्षेत्रमा समस्याहरु धेरै भएको भन्दै उहाँले यसलाई सुधार गर्नुपर्ने समेत बताउनुभएको छ । अहिलेका औद्योगिक क्षेत्रहरु क्ेन्द्र सरकार मातहत भएर पनि यस विषयमा खासै काम गर्न नसकिएको भन्दै मन्त्री नेपालले औद्योगिक क्षेत्रहरु प्रदेश सरकार महातहत ल्याउने गरि पहल भईरहेको र त्यसो भएकाम समस्याहरु समाधान हुँदै जाने बताउनुभएको छ ।

आर्थिक समृद्धिको मार्गमा सरकार अगाडी बढेको भन्दै हाम्रा स्रोत साधनको प्रयोग गरेर न्यायपुर्ण समाज निर्माण गर्ने तर्फ सरकार केन्द्रीत रहेकोले औद्योगिक वातावरण निर्माण गर्दै अगाडी बढ्न जरुरी रहेको समेत बताउनुभयो । औद्योगिक लगायत सबै दृष्टिले ३ नम्बर प्रदेश उत्कृष्ट भएको भन्दै मन्त्री नेपालले एदोग मैत्री वातावरण निर्माणमा प्रदेश सरकार लागेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मुलकुमा राजनीति स्थाईत्व कायम भएको अवस्थामा अवको उदेश्य आर्थिक समृद्धि मात्र भएको भन्दै समृद्धिको यात्रामा सबैको सहकार्य हुनु पर्ने बताउनुभयो । नकारात्मक भन्दा समृद्धिको यात्रामा लाग्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो ।
प्रमुख खुलालले पहिलेको भन्दा औद्योगिक क्षेत्रको व्यवस्थापनको पाटो कमजोर हुँदै गएको भन्दै व्यवस्थापक, उद्योगपति, कर्मचारी÷मजदुरहरु सबै सच्चिनु पर्ने समेत बताउनुभएको छ । शक्तिका आधारमा कसैले जग्गा हडप्ने काम औद्योगिक क्षेत्रमा गर्न नहुने भन्दै जग्गा सम्बन्धी कुरामा व्यवस्थापन पक्षलाई निति नियमले अप्ठेरो पारेको भए त्यलाई सुधार गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागि अन्य उद्योगि व्यवसायिहरुले देशमा औद्योगिक वातावरण निर्माण गरेर आन्तरिक तथा वाह्य लगानी भित्रयाउनु पर्नेमा जोड दिएका थिए । हेटौंडा औद्योगिक क्षेत्रमा क्षेत्र व्यवस्थापनक राजेन्द्र प्रसाद कडेँलको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग परिसंघ प्रदेश नम्बर ३ का संयोजक ऋषिराम घिमिरे, मकवानपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लेखराज भट्ट, हेटौंडा–९ का वडाअध्यक्ष लक्षमण प्रसाद भण्डारी, ८ नम्बर वडा अध्यक्ष गोपाल श्रेष्ठलगायत उद्योगि व्यवसायि एवम् कर्मचारीहरुको उपस्थिती थियो । साझा सन्देशबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*