मकवानपुरको कैलाशमा हाइटेक नर्सरी, सय युवालाई रोजगारी

जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०८:३०

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा तरकारीको हाइटेक नर्सरी स्थापना गर्न लागिएको छ । हरेक वडामा हाइटेक नर्सरी निर्माण गरेर एकै वर्ष एक सय युवालाई रोजगारी दिने लक्ष लिइएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले हरेक तरकारी उत्पादनका लागि हाइटेक नर्सरी निर्माण गरेर एक सय जना युवालाई गाउँमै रोजगारी दिने लक्ष लिएको अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।

गाउँपालिका भरीका सवै वडामा गरी २० वटा हाइटेक नर्सरी निर्माण गर्न लागिएको हो । हरेक नर्सरी निर्माणमा गाउँपालिकाले पाँच लाख रुपैयाँका दरले सहयोग गर्ने र स्थानीय युवाहरुको समुहले २ लाख ५० हजार रुपैयाँका दरले रकम लगानी गरेर हाइटेक नर्सरी निर्माणमा प्रोत्साहन गरिएको अध्यक्ष मोक्तानले वताउनुभयो ।

एउटा समुहमा कम्तीमा पाँच जना युवाहरुले मिलेर हाइटेक नर्सरी निर्माणमा आएमा मात्र गाउँपालिकाले सहयोग गर्न लागेको हो । २० वटा नर्सरीका लागि गाउँपालिकाले पाँच लाखका दरले एक रकोड रुपैयाँ सहयोग गर्न लागेको हो ।

टनेलमा काउली, गोलभेडा, खुर्सानी, काक्रो, फलफुलका विरुवा, तरकारीका विभीन्न जातका विरुवा उत्पादन गर्दै खेत ीगर्नका लागि प्रोत्साहित गरेर युवालाई गाउँमै रोजगारी दिन लागिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*