धेरै पर्यटक भित्रयाउन प्रदेश ३ सरकारको यस्तो छ तयारी

मकवानपुरको इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक निर्माण गरिदै
जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०७:४६

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले भ्रमण वर्ष २०२० का अवसरमा तयारी थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरका समिति वनाएर काम सुरु गर्न लागेको छ ।

संघिय सरकारको पर्यटन मन्त्रालयको कार्यक्रमलाई प्रदेश सरकारले पनि अभियानकै रुपमा अगाडी सारेको हो । भ्रमणवर्षका अवसरमा प्रदेश र जिल्ला स्तरको समिति वनाएर काम गर्न लागिएको वताउँदै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल भन्नुहुन्छ–‘प्रदेशमा मेरो अध्यक्षतामा प्रदेश स्तरिय समिति वनाएमा छौं ।

१३ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको जिल्ला स्तरिय समिति वनाएर पर्यटन वर्ष २०२० को प्रचार प्रसारमा जुटेका छौं । सवै समितिले पर्यटक भित्रयाउनका लागि काम गर्छ ।’

मकवानपुरको इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक निर्माण गर्ने तयारी

प्रदेश ३ सरकारले पर्यटन वर्षलाई लक्षित गरेर मकवानपुरको इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक वनाउने लक्ष राखेको छ । त्यसको काम तत्काल सुरु गर्ने तयारी गरिएको मन्त्री नेपालले वताउनुभयो । पर्यटन स्मारक आउँदो जनवरी फष्टमा उद्घाटन गर्ने लक्ष समेत प्रदेश सरकारले लिएको छ । सरकारले वनाउन लागेको पर्यटन स्मारकमा पर्यटकिय क्षेत्रको पहिचान खुलाउनेगरी राख्न लागिएको छ ।

प्रदेश ३ छिर्ने सवै नाकामा डिजीटल वोर्ड

प्रदेश ३ सरकारले आफ्नो प्रदेश छिर्ने सवै नाकामा डिजीटल बोर्ड राख्ने भएको छ । प्रमुख पर्यटकिय स्थलको पहिचान दिनेगरी प्रदेश छिर्ने हरेक नाकामा डिजीटल वोर्ड राख्न लागिएको मन्त्री नेपालले जानकारी दिनुभयो । यसैगरी भिजीट एयरको डकुमेन्ट्री निर्माण भइसकेको उहाँले वताउनुभयो । यसैअवसरमा काठमाण्डौ उपत्यकामा साइकल ट्रयाक निर्माण गर्ने तयारी प्रदेश सरकारको छ । यस भन्दा अगाडी साइकल यात्रा पनि गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*