राक्सीराङको शिलीङ्गेमा भण्डारा भएर जानुपर्ने बाध्यता हट्यो

पहिले चार घण्टाको यात्रा अहिले ४५ मिनेटमै गाउँ पुग्न सकिने ।
जनपत्र
१८ मंसिर २०७६, बुधबार ०८:५४

हेटौंडा । मकवानपुरको राक्सीराङ गाउँपालिकाको सिलिङ्गे जोड्ने सडक वनेपछी स्थानीय वासिन्दाहरु खुसी भएका छन् । लोथर हुँदै परेवाकोट, काँकडाको शिलाधुनी हुँदै शिलीङ्गे जोड्ने सडक निर्माण भएपछी स्थानीय वासिन्दाहरु खुसी भएका हुन् ।

स्थानीय वासिन्दाहरु आफैले रकम संकलन गर्दै गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेपछी स्थानीयले सडकको केही भाग ट्रयाक खोलेका हुन् । पहिले चार घण्टामा पुगिने शिलीङ्गेमा अहिले ४५ मिनेटमा पुगेको वताउँदै राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल भन्नुहुन्छ–‘धेरै सडक पहिलेनै वनेको थियो । तर, केही भागमा सडक नवन्दा यसक्षेत्रका वासिन्दाहरु चितवनको भण्डारा भएर मात्र मनहरी आउन पाउँथे । तर, अहिले सडक वनेपछी म आफै पनि ४५ मिनेटमा यस गाउँमा पुगे ।’

थोरै रकममा पनि एउटा सिङ्गो गाउँमा सडक पुगेपछी स्थानीय वासिन्दाहरु निकै खुसी समेत भएका हुन् । दुवैतिरबाट सडक आएपनि विचको केही भागमा सडकको ट्रयाक समेत खोलिएको थिएन । अहिले त्यो सडकको ट्रयाक खोलेपछी वषौदेखिको स्थानीय वासिन्दाले भोग्दै आएको समस्या समाधान भएको हो । पहिले शिलीङ्गेका वासिन्दाहरु कुनै काम परिहालेमा पनि चितवनको भण्डारा जानुपर्ने थियो । गाउँपालिका, वडा सत्रको काम लिन पनि अर्को जिल्ला घुमेर आउनुपर्ने बाध्यता पनि थियो । तर अहिले त्यो समस्या समाधान भएको उहाँले वताउनुभयो । बाटो उद्घाटन् भने प्रदेश सभाका सदस्य सन्तराम चेपाङले गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*