हेटौंडाका सामुदायिक विद्यालयलाई नमुनाको रुपमा विकास गरौ–मेयर महत
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्नका लागि आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका प्रधानध्यापकहरुको वैठकलाई संबोधन गर्दै मेयर महतले शिक्षकबाट विद्यार्थीले राम्रो कुरा सिक्नुपर्ने वताउनुभयो ।
विद्यालयमा विद्यार्थी बृद्धी गर्नका लागि वसको व्यावस्था गर्नकालागि स्थानीय सरकारले पनि सहयोग गर्न तयार रहेको वताउँदै उहाँले भन्नुभयो–‘शिक्षा, स्वाथ्यमा पछाडी परेको हेटौंडालाई अव गुणस्तिरियता दिदै छौं । शिक्षकले पनि स्वअध्ययन गरेर शिक्षालाई अगाडी वढाउनुपर्छ । विद्यालयमा सफा पानी पिउनका लागि यरोगार्ड, सौचालय निर्माणमा परेका समस्या, विद्यालय कम्पाउन्डका लागि पनि सहयोग गर्न तयार छौं ।’

सामुदायिक विद्यालयमा राम्रो पढाइ गर्न सकेमा निजी विद्यालयमा विद्यार्थी घट्गै जाने उहाँले वताउनुभयो । शिक्षा र स्वास्थ्यमा पहिचान दिनका लागि हेटौंडा तयार हुनुपर्ने वताउनुभयो । विद्यालय भित्र र बाहिर २ सय मिटर वरपर सुर्तिजन्य पदार्थ निशेध गर्नुपर्ने मेयर महतले वताउनुभयो । पहिलेको भन्दा अहिलेको शिक्षा सुधार उन्मुख भएको उहाँले वताउनुभयो । कार्यक्रममा शिक्षा समन्वय इकाईका मकवानपुर प्रमुख लिला गौतम, उपमहानगरपालिकाका शिक्षा संयोजक अनिल वाँनियाँ लगायतकाको आतिथ्यता रहेको कार्यक्रममा शिद्धार्थ माबिका प्रधानध्यापक मोहनप्रसाद शर्माको अध्यक्षतामा भएको हो ।







