मकवानपुरका सीडीओको भरतपुर महाँनगरमा सरुवा, नयाँ सीडीओ नारायणप्रसाद भट्ट आउँदै

जनपत्र
१७ मंसिर २०७६, मंगलवार १८:०१

हेटौंडा । गृहमन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी सहित छ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मकवानपुरमा तीन महिना अघी आउनुभएका प्रमुख जिल्ला अधिकारी जोसीको चितवन महाँनगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा गरिएको हो ।

सरुवा हुनु भएका जोशीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खादा र फुल लगाएर विदायी गर्नुभयो । विदायी कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित सबै महासाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । यसैगरी आजै मकवानपुरका विभीन्न सरकारी कार्यालयहरुले प्रमुख जिल्ला अधिकारीको विदायी गरेका छन् । यस अघि पनि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अभिकृतका रुपमा जोशी कार्यरत हुनुहुन्थ्यो ।

जिल्लामा सरुवा भएर आएपछी प्रमुख जिल्ला अधिकारीको अवधी एक वर्षको हुन्छ । तर, जोशीलाई तीन महिनामै सरुवा गरिएको हो । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओ हेरफेर गरेको हो ।

गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् । भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएर आउनुहुने भएको छ । गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा हुनु भएको छ ।
लमजुङका सीडीओ डा डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*