हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

जनपत्र
१७ मंसिर २०७६, मंगलवार १४:२४

हेटौंडा । २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज हेटौंडामा र्याली निकालीएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा अपाङ्ग महासंघ प्रदेश नम्बर ३ कमिटीको सहकार्यमा हेटौंडाको अपाङ्ग महासंघको कार्यालयबाट र्याली निकालेर वजार परिक्रमा गरि बुद्धचोकमा आएर सभामा परिणत भएको थियो ।

सभालाई संबोधन गर्दै प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्न तीनै तहका सरकार लागिपरेको वताउनुभएको छ । प्रदेश सरकारले सडक मानव मुक्त अभियान पनि उत्तिकै जोड तोडका साथ उठाएको वताउनुभयो । अपाङ्गता भएकाहरुको अधिकार प्राप्तीका लागि आफुहरु लागेको मन्त्री दुलालले वताउनुभयो ।

दिगो विकासको लक्ष अपाङ्ग मैत्री भविस्य भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालय महिला तथा वालवालिका महासाखाका प्रमुख इन्दिरा ओझा, महासाखाका आठौ तहका अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, महाँसंघका प्रदेश अध्यक्ष अश्वीन लंसाल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गता भएकाहरु, यस क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु ल्गायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*