प्रदेश–३ सरकारको योजनाः पाँच जिल्लामा बाख्रा पालनमा ३ करोड अनुदान

मकवानपुरका दुई गाउँपालिका सहित पाँच जिल्लाका किसानलाई ५० लाख सम्मका दरले अनुदान दिने तयारी ।
जनपत्र
१७ मंसिर २०७६, मंगलवार ०७:४७

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले मकवानपुर सहितका पाँच जिल्लामा बाख्रा अनुसंधान र विस्तार कार्यक्रम गर्न लागेको छ । प्रदेशको भूमी व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुर, चितवन, धादिङ्, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका किसानलाई लक्षित गर्दै यो कार्यक्रम गर्न लागेको हो । प्रदेश मन्त्रालयले कृषक समुह, सहकारी र निजी क्षेत्रसंगको साझेदारीमा बृहत्तर बाख्रा अनुसंधान, विस्तार तथा विकास कार्यक्रम गर्न लागेको छ ।

यो कार्यक्रमका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ वजेट छुट्याएको छ । यो वजेटबाट पाँच जिल्लाका किसान लाभान्वीत हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।

यो कार्यक्रम मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, चितवन जिल्लाको राप्ति नगरपालिका, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका र धादिङ्ग जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिकाका किसानलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको हो ।

यो कार्यक्रमबाट एउटा बाख्रा फमका लागि ५० लाख रुपैयाँ सम्म अनुदान रकम दिने प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभयो । अनुदानका लागि सूचना प्रकासीत भईसकेको वताउँदै उहाँले भन्नुभयो–‘यो कार्यक्रममा हाम्रो मुख्य लक्ष भनेको उन्नत जातका वाख्रा भित्रयाउनुनै हो । उन्नत जातका बाख्रा पालन गर्ने बाख्रा फामलाई अनुदान दिएर कार्यक्रम गर्न लागिएको हो ।’ यस कार्यक्रमले धेरै भन्दा धेरै किसानलाई लाभान्वीत वनाउने मन्त्री लामाले वताउनुभयो ।

प्रदेश–३ लाई दूध, माछामासु र अण्डामा आत्मनिर्भर वनाइदै

प्रदेश नम्बर–३ का १३ जिल्लालाई दूध, माछा मासु र अण्डामा आत्मनिर्भर वनाउन लागिएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा आत्म निर्भर वनाउन लागेको हो । दूधमा आत्म निर्भर वनाउनका लागि गाई पालनमा अनुदान, अण्डा र मासुमा आत्म निर्भर वनाउनका लागि माछा पालन, बाख्रा पालन र कुखुरा पालनमा अनुदानका कार्यक्रम राखिएको छ ।

प्रदेश सरकारले दाना उद्योग स्थाना गरेर थप रोजगारी सृजनागर्न लागेको छ । दुग्ध सहकारी मार्फत मकवानपुर गढी र चितवन जिल्लामा दाना उद्योग स्थापना गरेर रोजगारी सृजनागर्न लागिएको प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले वताउनुभयो । मन्त्रालयले सिन्धुपाल्चोक र नुवाकोटमा सामुहिक खेती गर्नेगरी सहयोग गर्न लागेको छ । सामुहिक खेतीगर्ने किसानका लागि अनुदानका कार्यक्रम मार्फत सहयोग गर्न लागिएको उहाँले वताउनुभयो ।

प्रदेश सरकारले विदेश गएका युवा जनसक्तिहरुलाई स्वदेशमानै रोजगारी सृजनागर्नका लागि कृषिमा आधुनिकीकरण गर्न लागेको छ । कृषिमा आधुनिकीकरण गर्न प्रबिधि हस्तान्तरण गर्ने, मेसिन, औजार लगायतका सामाग्री किसानलाई सहयोग गर्ने लगायतका कार्यक्रम गरिने मन्त्री लामाले वताउनुभयो ।

अनुदान रकम र सामाग्री पहुँच भएका भन्दा पनि वास्तवीक किसानका लागि वितरण गरिने वताउँदै उहाँले भन्नुभयो–‘किसानका लागि अनुदानका कार्यक्रम ल्याइएको हो । नेता, कार्यकर्ताका लागि होइन । अनुदान सहयोग पनि डुप्लीकेसन हुनेगरी भन्दा पनि आवस्यक्ताका आधारमा वितरण गरेका छौ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*