हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन

हेटौंडा । हेटौंडाको बुद्धचोकमा आज साँझ दिप प्रज्वलन गरिएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तथा अपाङ्ग महासंघ प्रदेश नम्बर ३ कमिटीको सहकार्यमा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा दिप प्रज्वलन गरिएको हो ।
दिगो विकासको लक्ष अपाङ्ग मैत्री भविस्य भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कंडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालय महिला तथा वालवालिका महासाखाका प्रमुख इन्दिरा ओझा, महासाखाका आठौ तहका अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, महाँसंघका प्रदेश अध्यक्ष अश्वीन लंसाल लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु, बिभीन्न संघसंस्थाका व्यक्तिहरु ल्गायतकाको सहभागिता रहेको थियो ।
२८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा भोली बिहान ११ वजे अपाङ्ग महासंघको कार्यालयबाट र्याली निकालेर बुद्धचोकमा आएर सभामा परिणत हुने कार्यक्रम रहेको छ ।