मकवानपुरको देउरालीमा सुमो दुर्घटना हुँदा १२ जना घाइते

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ देउरालीमा टाटासुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । टाटा सुमो खसेर ध्वस्त भएको छ ।
सुमो दुर्घटनामा परी घाईते भएकाहरुको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी िदनुभयो ।
काठमाडौंबाट विरगंजतर्फ आउदै गरेको ना १ ज २८९९ नम्बरको सुमो दुर्घटनामा परेको हो ।