सिन्धुली दूधमा आत्मनिर्भर

जनपत्र
१६ मंसिर २०७६, सोमबार ०६:२२

सिन्धुली दूधमा आत्मनिर्भर बनेको जिल्ला दूध उत्पादन संघ, सिन्धुलीले बताएको छ । हाल जिल्लामा दैनिक ९ हजार लिटर दूध उत्पादन हुने गरेको संघका निमित्त अध्यक्ष नवराज गजुरेलले जानकारी दिए । जिल्लाको दुग्ध खपत भने दैनिक करीब ३ हजार लिटर रहेको उनले बताए ।

महाभारत दुग्ध उत्पादन सहकारी संस्थाद्वारा सिन्धुलीमाढीमा सञ्चालित कोसेली डेरीले मात्र दैनिक २ हजारभन्दा बढी दूध विक्री गर्ने गरेको संस्थाका अध्यक्ष समेत रहेका गजुरेलले बताए । जिल्लाका कृषकले गुणस्तर अनुसार प्रतिलिटर दूधको मूल्य ५५ देखि ७० रुपैयाँसम्म पाउने गरेका छन्, जुन अन्य जिल्लाको तुलनामा १० देखि १५ रुपैयाँ महँगो भएको उनको भनाइ छ । ‘जिल्लामा दूध उत्पादन मागभन्दा बढी छ,’ उनले भने, ‘तर उत्पादन लागत महँगो भएकाले बाहिरी जिल्लामा पठाउन केही कठिनाइ छ ।’ सोही कारण किसानले उत्पादन गरेको सबै दूध विक्री हुन नसकेको उनको भनाइ छ ।

अन्य जिल्लाका कृषकले विक्री गरेको दररेट अनुसार यहाँका कृषकले दूध दिने हो भने सिन्धुलीबाट दैनिक ४ हजार लिटर दूध निकासी गर्न सकिने अध्यक्ष गजुरेलले बताए । जिल्लाका सहकारीहरूद्वारा संकलित अधिकांश दूध कोसेली डेरीमार्फत विक्री हुँदै आएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*