जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार १२:२४

हेटौंडा । प्रदेश नम्बर ३ का भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले स्थानीय तहका न्यायीक समितिले जनताको न्यायलाई मर्न दिन नहुने वताउनुभएको छ ।

प्रदेशको मुख्य न्यायधिवक्तको कार्यालयको आयोजनामा स्थानीय तहका न्याय सम्पादन सम्वन्धी एक दिवसिय अभिमुखीकरण कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै मन्त्री लामाले निस्वार्थ भएर न्यायीक समितिले न्याय दिनुपर्ने वताउनुभयो । न्यायीक समितिका पदाधिकारीले सामाजिक उत्तरदायित्व पुरा गर्दै न्याय दिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता ओमप्रकाश थपलीयाले समुदाय र जनस्तरमा पुगेर न्यायदिनका लागि आग्रह गर्नुभयो । अहिलेत वडा तहमा गरिने सिफारिसमा पनि न्यायको काम आईपरेको वताउँदै उहाँले भन्नुभयो–‘स्थानीय तहको वडा तह सम्म कानूनी कुरा पु¥याउनुपर्ने वेला आएको छ । त्यसलाई पुरा गर्न लागनुपर्छ । स्थानीय तहको वडा तहका प्रतिनिधिहरुका लागि पनि यो कार्यक्रम आवस्यक भइसकेको छ ।’ स्थानीय तहबाट पनि यस्ता कार्यक्रम गरेमा आफु त्यही सम्म आएर सहजीकरणको काम गर्ने मुख्यन्यायधिवक्ता थपलीयाले वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जनतासंग प्रत्यक्ष जोडिने कुरामा न्यायिक समिति महत्वपुर्ण भएको भन्दै यसले त्हि अनुसार काम गरेको हुनु पर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । नयाँ संरचनामा देश प्रवेश गरेको अवस्थामा न्याय सम्पादन जस्तो महत्वपुर्ण जिम्मेवारी स्थानीय तहलाई भएको भन्दै प्रमुख खुलालले न्यायिक समितिले कसैप्रति पुर्वाग्रह नराखि सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले समुदाय र जनस्तर सम्म पुगेर न्याय दिन न्यायिक समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाही ठकुरी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका न्यायीक समितिका पदाधिकारी तथा कानूनी सहजकर्ताहरु सहितको सहभागिता रहेको थियो ।
कार्यक्रममा न्यायीक समितिको कार्यविधि सम्वन्धी जानकारी, फौजदारी संहिता सम्वन्धी र देवानी संहिता सम्वन्धी जानकारी दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*