मकवानपुरका जनप्रतिनिधिसंग लैङ्गिक समानता सम्वन्धी अभिमुखीकरण

जनपत्र
१२ मंसिर २०७६, बिहीबार १८:३५

हेटौंडा । राजनीतिमा महिलाको सहभागिता तथा नेतृत्व विकास परियोजना अन्तरगत हेटौंडामा सुरु भएको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन गरिएको छ ।

नारी सीप सृजना केन्द्र नेपालको आयोजना तथा अक्सफामको सहयोगमा न्यायीक समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि संग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी दुई दिवसिय अभिमुखीकरण कार्यक्रम भएको हो ।

मकवानपुरका दश वटै स्थानीय तहका न्यायीक समितिका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागि गराएर यो कार्यक्रम गरिएको हो । नारी सिप सृजना केन्द्रका अध्यक्ष सरस्वती वतौलाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, अरु स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आजको लैङ्गिक हिंसा विरुद्धमा मैनवत्ति बालिएको थियो । वलात्कार जस्ता घटनाबाट मृत्यु भएकाहरुको नाममा मौनधारण समेत गरिएको थियो । हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आजको कार्यक्रममा मैनवत्ति बालिएको हो । दुईदिन सम्मको कार्यक्रममा लैङ्गिक समानता र सामाजिक समावेसीकरण विज्ञ कोपीला रिजालले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*