मलेसियामा नेपाली माथी नेपालीलेनै गरे आक्रमण घाइतेको अवस्था गम्भीर
मलेसियाको सेलेङ्गर राज्य स्थित साह अलाम मा आङ्कोशा सिक्युरिटी कम्पनीमा कार्यरत नेपालीहरुले आफ्नै साथी माथी आक्रमण गरि फरार भएका छन। आक्रमणमा परि सुनसरी धरानका रबि राइ ससक्त घाइते भएको छ। अबैधानिक हैसियतमा काम गर्दै आएका उनिहरु बिच किन र के कारण ले विवाद शृजना भयो भन्ने बारे घटना को पुर्ण विवरण भने खुल्न सकेको छैन।
घटना बारे नेपाली मजदुर एकता केन्द्र लाइ जानकारी प्राप्त भए लगत्तै नेपाली मजदुर एकता केन्द्र मलेसियाले नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया लाइ जानकारी गराएको केन्द्रका महासचिव दिलिप भट्टराई ले बताउनुभयो।
घटनाको वास्तविकता बुझ्नको लागी मजदुर एकता केन्द्र मलेसिया र नेपाली राजदुतावास मलेसिया प्रयास गरिरहेको छ । घाइतेलाइ दूतावासको सहयोगमा उपचार गर्न हस्पिटलमा भर्ना गरि उपचार भईरहेको छ ।






