प्रदेश–३ मन्त्रिपरिषद वैठकका निर्णय सधै गुपचुप, कुनै वैठकमा मन्त्रीलाई पनि बोलाइएन

हरि हुमागाईं
८ मंसिर २०७६, आईतवार ०५:५०

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले मन्त्रिपरिषद् वैठकका निर्णयहरु गुपचुप राख्ने गरिएको छ । सार्वजनिक सरोकारका कयौ निर्णय गरेपनि प्रदेश सरकारले आफ्ना निर्णयहरु आम नागरिकलाई सार्वजनिक गर्नुको सट्टा गुपचुप ढंगले राख्ने गरेको हो । प्रदेश सरकारको वैठक लगतै आफुले गरेका निर्णय सार्वजनिक गर्नुपर्छ । सघीय सरकार र अरु ६ वटा प्रदेश सरकारले मन्त्रिपरिषद्का वैठकका निर्णय सार्वजनिक गर्दै आएका छन् । तर, प्रदेश–३ सरकारले भने आफ्ना निर्णयहरु सार्वजनिक गरेको छैन ।

प्रदेश सरकार गठन भएको केही महिना सम्म मन्त्रिपरिषद् वैठकका निर्णय त्यही दिनमा वैठक लगतै सार्वजनिक गरेपनि महिनौ देखि बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक नगरिएको हो । जननिर्वाचित सरकारले गर्ने सबैजसो निर्णय सार्वजनिक सरोकारका हुन् । तर, पत्रकारलाई बैठकका बारेमा जानकारी दिएर वा कुनै दिनमा पत्रकार सम्मेलन गरेर वैठकका निर्णय सार्वजनिक गर्ने गरिएको छैन । अव मन्त्रिपरिसद् वैठकका निर्णय नियमित रुपमा सार्वजनिक गरिने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यसअघि बैठकका निर्णय विविध कारणले सार्वजनिक नभएपनि अव भने नियमित पत्रकार सम्मेलन गरेर वा बैठक पछी सार्वजनिक गरिने प्रवक्ता ढुंङ्गेलले वताउनुभयो । बैठकको निर्णय भएकै दिनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नो आधिकारिक वेवसाइटमा पनि निर्णय हप्तौ वित्दा पनि राखिने गरिएको छैन । कुनै निर्णयहरु महिना दिन विती सक्दा पनि सार्वजनिक गर्ने गरिएको छैन । अव भने नियमित रुपमा मुख्यमन्त्री कार्यालयको वेवसाइटमा पनि राखिने प्रदेश ३ का प्रमुख सचिव तोयम रायले वताउनुभयो ।

कुनै मन्त्रिपरिसद् बैठकमा मन्त्रिलाईनै वोलाइदैन

मन्त्रिपरिसद्को वैठक भन्ने वित्तिकै मन्त्रिहरुलाई अनिवार्य रुपमा वोलाउनु पर्छ । वैठकको दिनमा प्रदेश राजधानी बाहिर भएमा आउन नपाउनु मन्त्रीको कुरा हो । तर, प्रदेश ३ को मन्त्रिपरिषद्को बैठकमा मन्त्रीलाई पनि नवोलाएका उदाहरण छन् । बैठकमा नवोलाएपछी मन्त्रीले मुख्यमन्त्री कार्यालयमा जानकारी गराएपनि बाहिर भने सार्वजनिक गरिएको छ्रैन । बैठकमा समेत नबोलाइएका मन्त्रिले आफुलाई बोलाईएन भनेर बाहिर सार्वजनिक गर्न चाहनु भएन । तर, बैठक हुँदा एक मन्त्री हेटौंडामानै भएपनि बैठकमा भने नवोलाइएपछी वैठकमा जानु भएन । वैठकमा नवोलाईनु गैरजिमेवारी पना भएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् वैठकको निर्णय पनि पत्रकारले गोप्य रुपमा व्यक्तिगत पहुँचका आधारमा लिनुपर्ने बाध्यता

प्रदेश ३ सरकारको मन्त्रिपरिसद् वैठकको निर्णय पनि महिनौ देखि मकवानपुरका पत्रकारले व्यक्तिगत पहुँच र गुपचुप रुपमा सबैजसो मन्त्रिहरुलाई फोन गरेर वा संसद वैठकमा गएपछी मात्र जानकारी पाउनुपर्ने अवस्था रहेको छ । व्यक्तिगत पहुँचका आधारमा पाइएन भने ती निर्णय सार्वजनिक गरिदैन ।

गत विहीबार प्रदेशको मन्त्रिपरिसद्को वैठक वसेर सात वटा निर्णग गरिएको थियो । तर, त्यसवारेमा कसैलाई पनि जानकारी दिइएन । वल्ल हिजो सनिवार मात्र वैठक वसेको भनेर जानकारी पाएपछी मन्त्रीनै पिच्छे फोन गरेर अपुरो जानकारी लिनुपर्ने बाध्यता मकवानपुरका पत्रकारले भोग्दै आएका छन् । यो घटना पहिलो भने होइन । महिनौ देखि पत्रकारहरुले यही बाध्यता भोग्दै आएका छन् । मन्त्रिपरिसद्को निर्णय पहिले पनि सार्वजनिक गर्न मिल्ने मात्र गरिदै आएको थियो ।

फोस्रा भाषणबारे जानकारी दिने, महत्वपूर्ण निर्णय जानकारीनै नदिने

प्रदेशका मुख्यमन्त्री देखि मन्त्रीहरु सम्मले आफुले औपचारिक कार्यक्रममा गरेका फोस्रा भाषका बारेमा जताततैबाट जानकारी दिने तर, मन्त्रिपरिषद् बैठक, मन्त्रालयका महत्वपूर्ण निर्णय, गर्न लागिएका महत्वपूर्ण कामका बारेमा त्यती जानकारी दिने गरिएको छैन । औपचारिक कार्यक्रममा सवै नागरिकले सुनेको र कार्यान्वयन नहुने भाषण भने मन्त्रीको सचिवालय, कार्यक्रम आयोजक सवैजसोले सार्वजनिक गरेका हुन्छन् । तर, महत्वपूर्ण सार्वजनिक चासोको विषय भने जानकारी दिनुको सट्टामा प्रदेश सरकारले गुपचुप रोख्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*