मुख्यमन्त्री पौडेलद्वारा भीमफेदी–इपा सडकको अनुगमन

२५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ ।
जनपत्र
६ मंसिर २०७६, शुक्रबार १७:३८

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन रहेको भीमफेदीदेखि ईपा सम्मको सडकको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा निर्माणधिन रहेको सडकलाई समयमा नै निर्माण सक्न आग्रह पनि गर्नुभयो ।

यो सडकलाई काठमाण्डौ जान विकल्पका रुपमा समेत प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । यो सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

२५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । उक्त सडक निमार्ण भए पछि भिमफेदी गाँउपालिकाका स्थानीयहरु लावान्भित हुने छन भने काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुनसक्ने छन् ।

यसले सिस्नेरी–फाखेल हँुदै चल्ने सवारी साधनहरुले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्नेछन् । अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख बिमल किशोर केवी, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*