मकवानपुरका १८५ जना स्थायी शिक्षकहरूको सपथ ग्रहण र नियुक्ती

जनपत्र
६ मंसिर २०७६, शुक्रबार १७:१४

मकवानपुरका प्राथमिक तहमा स्थायी भएका शिक्षकहरूलाई आज नियुक्ति पत्र वितरण तथा सपथ ग्रहण गराइएको छ।

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आज हेटौडामा भएका कार्यक्रममा स्थायी भएका १८५ जना शिक्षकहरूलाई सपथ ग्रहण गराइएको हो ।

कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख खुलालले मकवानपुरको शिक्षकहरुलाई शैक्षिक पक्ष उकास्न आग्रह गर्नुभयो ।

देशका भविष्यको कर्णधारको भविष्य शिक्षकहरूकै हातमा रहेको भन्दै असल नागरिक निर्माणमा शिक्षकको असल व्यवहार आवस्यक रहेको बताउनुभयो ।

समाजको सम्पुर्ण जिम्मेवारी शिक्षकको महत्वपुर्ण भुमिकामा निर्भर रहने उहाँको भनाई छ । प्रमुख खुलालले भन्नुभयो – “देश विकासको पहिलो कदम शिक्षा नै हो, त्यसपछि मात्र अन्य पक्षहरू पर्दछन । त्यसैले इमानदारी पुर्वक सशक्त ढंगले जिल्लाको शैक्षिक स्तर उचाइमा पुर्याउन लाग्नुस् ।”

कार्यक्रममा हेटौडा उपमनपा प्रमुख हरिबहादुर महतले शिक्षकहरुले शिक्षण पेसालाई जागिरका रुपमा मात्र नलिइकन यसलाई गुणस्तरिय शिक्षा दिने थलाृका रुपमा विकास गरिनुपर्ने वताउनुभयो । अव हरेक सरकारी विद्यालयमा अग्रेजी माध्यममा अध्यापन गराउन पनि मेयर महतले आग्रह गर्नुभयो ।

शिक्षकले पनि आफ्नो छुट्टै नयाँ पहिचान बनाउन नलाग्ने हो भने शिक्षकहरूको पेशा अर्थहिन हुने समेत उहाँले बताउनुभयो । विधि भन्दा बाहिर नगई शिक्षक नियुक्ति गरिएको उहाँको भनाई छ । कार्यक्रममा शिक्षा विकास ईकाइ समिति मकवानपुर प्रमुख लिलानाथ गौतम,  शिक्षक महासंघ मकवानपुरको अध्यक्ष जिधराज ढकाल लगायत २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*