सामुदायिक वनका सरकारको तेहोरो कर, हेटौंडामा विरोध प्रर्दशन

जनपत्र
६ मंसिर २०७६, शुक्रबार १६:०९

हेटौडा । तीनै तहका सरकारले सामुदायिक वनमा लगाईएको तेहेरो कर विरुद्ध आज हेटौडामा ३ नम्बर प्रदशभरीका सामुदायिक वन समूहले विरोध प्रर्दशन गरेका छन् । तीनै तहका सरकारका विरुद्धमा चर्का नारा लगाउँदै सामुदायिक वनका उपभोक्ताहरु सडकमा उत्रिएका हुन् । थरीथरीका प्लेकार्ड सहित हेटौंडाको सडकमा सरकारका विरुद्धमा करको विरोध गर्दै नारा लगाएका थिए ।

हेटौंडाको चारवटा सडकबाट र्याली सहित निस्कीएका वनका उपभोक्ताहरुले सरकारले लगाएको कर तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेश र मकवानपुर शाखाको संयुक्त आयोजनामा हेटौँडामा विरोध प्रर्दशन गरेका हुन् । हेटौँडाको सानोपोखरा, फरेष्ट्री गेट, चौकीटोल र राप्ति पुलबाट एक साथ शुरु भएको र्यालीले हेटौँडा बजार परिक्रमा गरेको थियो ।

र्यालीमा सहभागीहरुले सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तहमा लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, बैज्ञानिक वन व्यवस्थापन खारेज हुनुपर्ने चुरे संरक्षण ऐन खारेज हुनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले वताउनुभयो । सरकारले सामुदायिक वनलाई लगाएको कर फिर्ता नगरे आन्दोलन चर्काउने उहाँले वताउनुभयो ।

चारैतिरबाट आएको र्याली हेटौँडा अस्पताल अगाडि आएर सभामा परिणत भएको थियो । सभामा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकसहित केन्द्रीय, प्रदेश र विभिन्न जिल्लाका प्रतिनिधिहरुले अवैज्ञानिक रुपमा लगाईएको तेहेरो कर खारेज गर्न सरकारसंग माग गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*