सवारी दुर्घटनामा घाइते आमा छोराको हेटौंडामा उपचारको क्रममा मृत्यु

जनपत्र
५ मंसिर २०७६, बिहीबार १९:४८

हेटौंडा । सवारी दुर्घटनामा घाइते आमा छोराको उपचारको क्रममा मृत्यु हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक सवारी दुर्घटनामा परी आमा छोराको मृत्यु भएको छ।

हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका ८ बस्ने २६ वर्षीया तिर्थ कुमारी राई र निजकै छोरा १ बर्षीय आहान चौधरी मृत्य भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक रौतहट चंद्रपुर ८ सन्तपुर बस्ने वर्ष २८ को राकेश चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय अम्लेखगन्जले जनाएको छ। घाइते भएका ३ नै जनालाई उपचारको लागी चुरेहिल अस्पताल ल्याइएकोमा राई र निजको छोरा आहानको उपचारको क्रममा हेटौडा स्थित चुरेहिल अस्पतालमा मुत्यु भएको इलाका प्रहरी कार्यालय अम्लेखगन्जले जनाएको छ।

घाइते मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेपनि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*