अख्तियारकोे हेटौंडा कार्यालयद्वारा घुस रकम सहित कर्मचारी पक्राउ

जनपत्र
५ मंसिर २०७६, बिहीबार १८:२३

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयले आज नेपाल विधुत प्राधिकरण कलैयाँ वितरण केन्द्रका एक जना कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको छ ।

कलैया वितरण केन्द्रमा कार्यरत इलेक्ट्रीसियन हेल्पर राजदेव महतो कोइरीलाई ९ हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरिएको अख्तियारको हेटौंडा कार्यालयले जनाएको छ । विधुत मिटर जडान गर्ने सिफारिस गरिदिन्छु भन्दै सेवाग्राही संग घुस रकम लिने राजदेवलाई पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*