मकवानपुरका बाबुराम दाहाल प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा नियुक्त
हेटौंडा । मकवानपुरका कानून व्यावसायी बाबुराम दाहाल प्रधानमन्त्रि केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा नियुक्त हुनु भएको छ । हेटौंडा १६ हटिया चिसापानी घर भएका दाहाल २५ वर्ष देखि कानूनी व्यावसायमा आवद्ध हुनुहुन्छ । तत्कालीन नेकपा एमालेको निर्वाचन विभागको सचिवका रुपमा कार्यरत दाहाल २०६१ साल देखि काठमाण्डौमा वसेर ओकालतको काम गर्दै आउनुभएको छ ।
वितेको कार्तिक २९ गतेको मन्त्रिपरिषदको वैठकले दाहाललाई कानूनी सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय गरिएको थियो । निर्णय भएको ६ दिन पछी उहाँले सल्लाहकारको नियुक्तिपत्र आज लिनु भएको छ । कानूनी सल्लाहकारका रुपमा नियुक्त दाहालले सरकारी तलव भने नलिने वताउनुभएको छ । सरकारले सल्लाहकारको रुपमा दिने तलव भने नदिने उहाँले घोषणा गर्नु भयो ।
तत्कालीन नेकपा एमाले र माओबादी पार्टी एक भएपछी नेकपा पार्टी दर्ता देखि सवै काम उहाँले गर्दै आउनुभएको छ । सार्वजनिक खरिद विज्ञका रुपमा परिचित दाहाल कानूनी पेसामा लाग्नुभन्दा पहिले निजामती सेवामा काम गरेर संगठनको अध्यक्षका रुपमा मकवानपुरमा रहनु भएको थियो । दाहालले यसअघिको संविधान दिवस २०७६ का अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल चौथो जनसेवाश्री प्राप्त गर्नु भएको छ ।