नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तर चल्छ– अध्यक्ष पशुपति सम्शेर

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति समशेर जबराले संविधानमा घोषणा नभएसम्म नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तरता दिने बताउनु भएको छ ।
कात्तिक २८ गते देखि जनकपुरबाट सुरु भएको धार्मिक रथ यात्राका क्रममा आज हेटौडा आईपुग्नु भएका जबराले बुद्धचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दु राष्ट्र घोषणा गराएरै छोड्ने बताउनुभयो ।
८१ प्रतिशत हिन्दु जनसँख्या रहेको देशमा धर्म निरपेक्षता घोषणा गर्नु न्यायोचीत नभएको उहाँको भनाई छ । अध्यक्ष जबरा हिन्दु राष्ट्र बनाउने अभियान बौद्ध, शिख धर्मावलम्बीको लागि पनि भएको बताउनु भयो ।
राप्रपा संयुक्तका जिल्ला अध्यक्ष ज्ञानेन्द्र राज ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रिय नेताहरु सुनिल थापा, जगत गौचन, श्याम तिमल्सिना लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा युवा युवतीहरुले विभिन्न सांस्कृति प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
हिन्दु राष्ट्र घोषणा गराउने उद्धेश्यले कात्तिक २८ गते देखि जनकपुरबाट सुरु भएको धार्मिक रथ यात्रा मंसिर ४ गते लुम्बिनीमा समापन गरिनेछ ।