मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

जनपत्र
१ मंसिर २०७६, आईतवार ०८:३२

हेटौंडा । मकवानपुरको भिमफेदी कारागार बाट गएराती एक कैदी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटी रहेका ३० वर्षका कुलदिप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो ।

कारागार वरी परि १२ फिट भन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । कारागारबाट कैदी फरार भएपछी थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

यद्यापी पर्खालको केहि सानो भागमा ग्याप रहेका र त्यहा तार तानियको भेटिएकाले धामी त्यहीबाट भागेको हुन सक्ने अनुमान गरएको उहाँले बताउनुभयो । धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरोनो ठेगाना सुनसरीमा समेत अर्लट गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।

कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राती पौने १० बजे आफुलाई खबर गरेपछि तत्काले खोजी कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए । सुरक्षामा ससस्त्र प्रहरी र जनपथ प्रहरी खटिएपनि कैदी भाग्न सफल भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*