नेपालमै पहिलो पटक पशुकल्याण सम्बन्धी पत्रकारिता तालिम हेटौंडामा

जनपत्र
३० कार्तिक २०७६, शनिबार १४:३०

हेटौंडा । नेपालमै पहिलो पटक पशुकल्याणसम्बन्धी पहिलो पत्रकारिता तालिम आज देखि हेटौंडामा शुरु भएको छ । नेपाल प्रेस इन्स्टिच्यूटको आयोजना ह्युमन सोसाइटी इन्टरनेशनल नेपालको साझेदारी तथा नेपाल पशुकल्याण संघसंगको सहकार्यमा तालिम दिइएको हो । तालिम भोली सम्म हेटौंडामा चल्ने छ ।

पशु र मानवबीचको सम्बन्धलाई मध्यनजर गरेर देशका विभीन्न जिल्लाका २५ जना पत्रकारका लागि दुईदिन सम्मको तालिम दिन सुरु गरिएको नेपाल प्रेस इन्स्टिच्यूटका उपाध्यक्ष मन्टेश्वरीराज भण्डारीले जानकारी दिनुभयो । पशुकल्याण सम्वन्धी पशु तथा प्रकृतिप्रेमी पत्रकार सञ्जाल निर्माणमा सघाउने उदेस्यले तालिम दिन सुरु गरिएको हो ।

धार्मिक मान्यता अनुसार नेपालमा एकातिर पशुपंक्षीलाई पुज्ने गरिन्छ भने अर्कातिर उल्लेख्य सख्यामा विधमान पशु क्रुरतालाई वेवास्ता गरेको पाइन्छ । पशुक्रुरताको चरम रुप परमपरागत वलीप्रथा नेपालमा पाइन्छ ।

कार्यक्रमका अवसरमा बोल्दै प्रदेश नम्बर ३ का भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले समृद्धीको लडाइ बाँकी रहेको वताउनुभएको छ । अहिलेको अवस्थामा राष्ट्रिय एकता कायम गरेर सबै एक जुट हुनका लागि आग्रहस समेत उहाँले गर्नुभयो । कुनैपनि देशको सिमा क्षेत्रको नक्सा एउटा देशले मात्र कोर्न नसक्ने मन्त्री लामाले वताउनुभयो । सरकारले गरेका गल्ती कमजोरीहरुलाई लेख्नका लागि तालिममा सहभागि पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो । पत्रकारले सत्यकुरा बाहिर ल्याउनुपर्ने मन्त्री लामाको भनाई छ ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभाका सदस्य मुनु सिग्देलले मानव अधिकार संगै पशुको अधिकारका क्षेत्रमा पनि आवाज उठाउनुपर्ने वताउनुभयो । पशुको पनि वाच्ने अधिकारको सवैले रक्षा गर्नुपर्ने वताउनुभयो । हिन्दुधर्मको नाममा राजनीति गर्ने तर, गाइलाई भिरबाट खसाल्ने प्रवृती सचिनुपर्ने सांसद सिग्देलले वताउनुभयो ।

गाई र पशुको अधिकार पुरा गर्नुपर्ने वताउँदै उहाँले भन्नुभयो–छोरा छोरीको दिसा २ वर्ष जी सोरे होला तर, कुकुर पालेर १३ वर्ष देखि उसको दिसा सार्ने गरेको छु । तर, अरुले जस्तो कुकुरलाई डोर्याएर सडकमा दिसा गराएको छैन ।’

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट, खोजपत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर, नेपाल पशुकल्याण संघका अध्यक्ष तथा पशुअधिकार कर्मी स्नेहा श्रेष्ठ, ह्युमन सोसाइटी इन्टरनेस्नल नेपालका निर्देशक तनुजा वस्नेत लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*