मकवानपुरको वकैयामा घर भत्काउने क्रममा एक जनाको मृत्यु

जनपत्र
३० कार्तिक २०७६, शनिबार १३:०२

हेटौंडा। मकवानपुरको वकैयामा घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । घर भत्काउने क्रममा पुरिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको बकैया गाउपालिका ३ जलजलेमास्थानिय शान्ति लामाको घर भत्काउने क्रममा पर्खाल भत्किएर पुरिदा बकैया ३ चिसापानि निवासी २७ बर्षीय बुद्ध लामा मोक्तानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
घाइते मोक्तानको उपचारका लागि बकैया स्वास्थ्य केन्द्र हात्तिसुडे ल्याउने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक सिंहले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*