प्रदेश ३ को राजधानी र नाम १५ दिनमा टुंगिन्छः मुख्यमन्त्री पौडेल
हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी १५ दिनभित्र टुङ्गोमा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ । आन्तरिक राजस्व विभागको आयोजना तथा सिस्नुपानी नेपालको आयोजना भएको कार्यक्रममा बोल्दै उहाले अब बस्ने प्रदेश सभामा यसको टुङ्गो लाग्ने जानकारी दिनुभएको हो । उहाँले राजधानी संगै नाम पनि टुंगोमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले कर तिर्नु हरेक नागरिकको कर्तव्य रहेको बताउनुभयो । कर तिरेर देश बनाउने अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । अब तपाईहरुले यो प्र्रदेशलाई ३ नम्बर प्रदेश भनिरहन पर्दैन नामले नै सम्बोधन गर्न पाउनुहुन्छ उहाँले भन्नुभयो । मुलुक बनाउने जिम्मा सबैको हुनेभन्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकहरुले आफ्नो दायित्व पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कर तिर्नु हरेक नागरिकको कर्तव्य हुने भन्दै पौडेलले सबै नागरिकले कर तिर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सिस्नुपानी नेपालका मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्सी, शिशिर योगी लगायतले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा लगायत सहभागि थिए । १ नम्बर प्रदेशबाट सुरु भएको करमैत्री यात्राको शुक्रबार चितवनमा प्रस्तुती रहने सिस्नुपानी नेपालका सरोज घिमीरेले जानकारी दिनुभयो ।







