मकवानपुरको भिमफेदी कारागार विकासमा प्रदेशले सहयोग गर्छः मुख्यमन्त्री

हेटौंडा / प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी कारागार बिकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेबी बजारको आयोजनामा भीमफेदी कारागारमा पुस्तकालय स्थापना कार्यक्रममा बोल्दै कारागारलाई यातनास्थल भन्दा पनि सुधार गृहका रुपमा राख्ने बताउनुभयो ।
विभिन्न कालखण्डमा विभिन्न मुद्दामा रहेका कैदिबन्दीहरु उत्पादन कार्यमा लाग्नु पर्ने बताउनुभयो । कारागारमा उत्पादित बिभिन्न उत्पादनहरुको बजारका लागि स्थानीय सरकारको सहकार्यमा काम गर्ने पनि बताउनुभयो । लायन्स क्लबले कारागारमा ३ हजार पुस्तक प्रदान गरेको थियो । कारागारका विषयमा कारागार प्रमुख प्रकाश खनालले जानकारी गराएका थिए ।