प्रदेश ३ मा ९७ प्रेस बिरोधी घटना

हेटौंडा । हालसम्म देशमा ९७ जना पत्रकारमाथी प्रेसबिरोधी गतिविधि भएको पाईएको छ । यसमध्ये प्रदेश ३ मा ३७ वटा घटना भएको तथ्यांक सार्वजनिक भएको छ । मकवानपुरको हेटौंडा आज आयोजित पत्रकार सुरक्षा र दण्डहीनताको सवालमा आयोजित कार्यक्रम यो तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रम प्रदेश ३ आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलले स्वतन्त्रता न्याय र समानताको कुरा गर्दा जनताको अवस्था साह्रै कमजोर भएको बताए । यहि अवस्था पत्रकार भित्रपनी रहेको र यो बिभेदको अन्त्य जरुरी भएको मन्त्री जमकट्टेलले बताए । यसमा ब्यक्ति भन्दा राज्य प्रणालीको दोष भएको उनले बताए ।
राज्याको स्रोत साधन समाजको निम्नबर्गसम्म लैजानु पर्ने उनले बताए । पत्रकारको सुरक्षाको सवालमा उल्लेखित तथ्यांक बारे आफू जानकार नरहेको र अब त्यसबारे बिचार गर्ने मन्त्री जमकट्टेलले बताए । बिगतको राजनीति अवस्थाको कारण भएको तितामिठा सम्बन्धलाई अब जोड्न नहुने मन्त्री जमकट्टेलले बताए । देशलाई शान्ति प्रक्रियाको यो ब्यवस्थासम्म ल्याउन सबैको अथक योगदान रहेको उनले बताए ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि प्रेमराज जोशिले जोसुकै भएपनी भौतिक कारवाही हुन नहुने बताए । उनले पत्रकारलाई संबेदनसिल क्षेत्रमा जांदा प्रशासनलाई जानकारी गराएर मात्रै जान अनुरोध समेत गरे । यसैगरी प्रदेश ३ प्रहरी कार्यालयका प्रमुख डीआईजी शेरबहादुर बस्नेतले पत्रकारलगायत आमनागरिकको सुरक्षाको सवालमा आफूसधै सकारात्मक रहेको बताए । गैरराज्य र राज्यको दोषिमा भएका घटनाको प्रस्टता आकश्यक भएको पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्टले बताए ।
कस्ता पत्रकारले धम्की पाए,किन पाए भन्ने छुट्याउनै समस्या भएको, पत्रकारकै पक्षमा बिल्ने वा नबिल्ने भनेर परिभाषित गर्नै समस्या भएको बिष्टले बताए । कार्यक्रम सन्चारिका समूह प्रदेश अध्यक्ष तथा पत्रकार महासघ मकवानपुर उपाध्यक्ष सरिता दाहालले महिला पत्रकारलाई सुरक्षा सवाल झन् कमजोर भएको बताइन् । सन्चार गृहले महिला पत्रकारलाई आफ्नो स्वार्थमा समाचार संकलन गर्न लगाउनाले महिला पत्रकार बलिको बोका बनेको अध्यक्ष दाहालले बताइन् ।
महिलालाई यौनजन्य कुरा जोडेर हतोत्साहित पार्ने, राजनीति संरक्षणको कारण अपराध लुक्ने गरेको, परिवारको सर्थन नपाएर महिला पत्रकारले पेशा परिबर्तन गर्नु पर्ने बध्याता आएको उनले बताइन् । समाचार लेखेकै कारण पत्रकार त्रसित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उच्च अदालत पाटन हेटौंडा इजलासका अधिबक्ता रमेश भट्टराईले बताए । पत्रकारको सुरक्षासंगै राज्यबाट प्रदान गरिने सेवा सुबिधाको कुरालाई बलियो बनाईनुपर्ने सहभागी पत्रकारले उठाएका थिए ।
राजनीति आग्रह पुर्वाग्रहमा नरहेर समाचार बनाउनु पर्ने सहभागी अधिबक्ता, प्रहरी तथा पत्रकारहरुले उठाएका थिए । हरेक वर्ष नोभेम्बर २ तारिकलाई पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइदैं आएको छ । फ्रिडम फोरमले दिवसको सन्दर्भमा राष्ट्रव्यापीरुपमा नोभेम्बर महिना भर “पत्रकार सुरक्षा र दण्डहीनता” विषयमा सरकार र सम्बद्ध जिम्मेवार निकायका पदाधिकारीहरुको प्रतिवद्धता प्राप्त गर्ने उद्देश्यले आयोजना गर्दै आएको छ । आज प्रदेश ३ को राजधानी हेटौंडामा कार्यक्रम भएको थियो ।